खड्कालाई होण्डा उपहार

183
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस) ः होण्डाको दशैं तिहार उपहार योजनामा काठमाडौंका कमल खड्काले होण्डा मोटरसाइकल उपहार जितेका छन् ।

‘होण्डा किन्दा होण्डा उपहार’ योजना अन्र्तगत लक्कि ड्र मार्फत खड्काले शनिवार युनिकन मोटरसाइकल उपहार पाएका हुन् ।

खड्कालाई होण्डाको बालाजुस्थित आधिकारिक विक्रेता कपुरी ब्रदर्श इन्टरप्राइजेजका प्रोपाइटर किरण कपुरीले मोटरसाइकल प्रदान गरे ।
खड्काले वालाजुको कपुरी ब्रदर्शमा युनिकन मोटरसाइकल खरिद गरेका थिए ।

4उपहार योजनामा होण्डाको स्कुटर वा बाइक खरिदमा स्क्र्याच कुपनबाट तत्काल न्युनतम ४ हजार देखी अधिकतम १ लाख सम्म नगद छुट पाउने समेत कार्कीले जानकारी दिए । यसैगरि होण्डा बाइक खरिदमा पाँच वर्षसम्म पुग्ने गरि २० ओटा फ्रि सर्भिसिंग कुपन पाउनुका साथै पाँच बर्ष सम्मकै लागि स्पेयरपार्टस्मा १० प्रतिशत छुट समेत पाउँछन् ।

योजनाको बम्पर लक्कि ड्र मार्फत एकजनाले १० तोला सुन उपहार पाउने छ । सिटकभर, म्याट, हेल्मेट, बाइक कभर आदि समेत उपहार स्वरुप प्राप्त गर्न सकिन्छ ।

योजना सार्वजनिक गरिएको पहिलो हप्तामा वालाजुसँगै झापाको विर्तामोड, इलाम सदरमुकाममा रहेको कपुरी ब्रदर्शको शो रुमबाट झण्डै २ सय मोटरसाइकल र स्कुटर विक्री भएको समेत वालाजुमा रहेको कपुरी ब्रदर्शका म्यानेजर प्रशान्त कार्कीले जानकारी दि3ए ।

कपुरी ब्रदर्शको झापाको बिर्तामोड र मोरङको विराटनगरमा होण्डा कार शोरुम रहेको छ ।

त्यस्तै काठमाडौंको सितापाईला, विर्तामोड र दमकमा मारुती सुजुकीको शोरुम रहेको छ ।


  •  
  •  
  •