स्विकृत विदा भन्दा बढी समय घर बस्ने कर्मचारीलाई कारवाहीको तयारी

289
  •  
  •  
  •  

काठमाडौं, १९ असोजल (ओएनएस) : दशैको बेला स्विकृत बिदा भन्दा बढी समय घरमै बस्ने कर्मचारीलाई गृहमन्त्रालयले कारवाही गर्ने भएको छ । दसैं मनाउन कार्यक्षेत्र छाडेर घर गएका कर्मचारी, कार्यालय खुल्ने दिन असोज २२ गते नै कार्यालयमा हाजिर हुनुपर्ने गृहमन्त्रालयको भनाई छ ।

समयमा कार्यालयमा उपस्थित नहुने र विभिन्न बहानामा थप समय घरमै बस्ने कर्मचारीलाई कारवाही गरिने गृहमन्त्रालयका प्रवक्ता लक्ष्मण ढकालले  जानकारी दिए । विगतका बर्षहरुमा दसैं पछि पनि तोकिएको मितिमा कर्मचारी नफर्किदा कार्यालयको कामकाज नै प्रभावित हुने गरेकाले यसबर्ष समयमै फर्किन कर्मचारिहरुलाई आग्रह गरिएको छ ।

दशैपछि एक दिन पनि कुनैपनि सरकारी कार्यालयको कामकाज प्रभावित हुन नदिन, सरकार प्रतिबद्ध रहेको गृहमन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •