पसिनाले हैरान हुनुभएको छ ? चिन्ता नलिनुस्, यसो गर्नुस्…

279
  •  
  •  
  •  

sweatingगर्मी महिनामा पसिना आउनु शरिरका लागि राम्रो हुन्छ । पसिना आउनाले शरीरको तापक्रम नियन्त्रित हुन्छ । तर, ज्यादा पसिना आउनु स्वास्थ्यका दृष्टीले राम्रो भने होइन् ।

गर्मीमा धेरै पसिना आएका कारण मानिसको बिजोग हुने गर्छ । केही मानिसको पसिनामा धेरै गन्ध आउँछ जसका कारण पब्लिक प्लेस र साथीहरूबीच पनि लज्जित हुनुपर्छ ।

केही सहज तरिका अपनाएर यो समस्याबाट छुटकारा पाउन सकिन्छ:

– गर्मीमा बाहिर जानुभन्दा अगाडि पसिना आउने ठाऊँमा बर्फ दलेर निस्किनाले पसिना कम आउँछ ।

– शरीरको जुन भागबाट धेरै पसिना आउँछ, त्यो भागमा आलुको पिस काटेर दल्नाले पसिना कम आउँछ ।

– पसिना धेरै आउने मानिसले सकेसम्म कम नुनको प्रयोग गर्नुपर्छ ।

– केही मानिसले पसिना धेरै आउने डरले कम पानी पिउने गर्छन्, जसका कारण पसिना गन्हाउँछ । पसिनाको गन्धबाट छुटकारा पाउनका लागि धेरै पानी पिउनुपर्छ ।

– पसिना आउने ठाऊँमा लगातार भिज्नाले ब्याक्टेरियाको संक्रमण हुने गर्छ । यसले गन्ध आउने गर्छ । यसका लागि सरसफाईमा ध्यान दिनुपर्छ ।

– दैनिक एक पटक गोलभेँडाको जुस पिउनाले पसिनामा कमी आउँछ ।

– पैतालामा धेरै पसिना आउने मानिसले पानीमा फिटकिरी मिसाएर केहीबेर खुट्टा डुबाउनाले पसिना कम आउँछ ।


  •  
  •  
  •