हरेक घरमा पाइने तुलसीका १० औषधीय गुण

650
  •  
  •  
  •  

तुलसी हरेक घरमा पाइने वनस्पति हो । तुलसीलाई आयुर्वेद विज्ञानमा निकै उपयोगी वनस्पतिका रूपमा लिइन्छ । तुलसीको प्रयोगले विभिन्न रोगको उपचार गर्न सकिने हुनाले आयुर्वेद विज्ञानमा यसको प्रयोग अपरिहार्य जस्तै छ ।

तुलसीलाई हिन्दूहरूले पूजा गर्ने गर्छन् । धर्मशास्त्र अनुसार तुलसीको बिरूवा घरको आँगना लगाउनाले पनि कतिपय रोगले उक्त घरमा कुनै पनि सदस्यलाई नसताउने विश्वास गरिन्छ । यस्तै, तुलसीले हावालाई पनि स्वस्थ बनाउने काम गर्छ । तुलसीको वानस्पतिक नाम ओसीमम सेन्कटम हो ।

औषधीय गुणले भरिपूर्ण तुलसीका केही फाइदाहरूबारे जानौ:
– मृगौलामा पत्थरी भएको छ भनेतुलसीको पत्ता उमालेर बनाइएको पानीमा मह हालेर नियमित रूपमा ६ महिनासम्म खाने गरे पत्थरी सञ्चो हुन्छ ।

– पानीलाई शुद्ध बनाउनका लागि पनि तुलसीको पात पानीमा हालिन्छ । तुलसीको पातलाई करिब सवा एक घण्टासम्म पानीमा राखिन्छ । यसपछि कपडाले पानी छानेपछि शूद्ध पानी पाउन सकिने बताइन्छ ।

– औषधीय गुणले भरिपूर्ण रहेको तुलसीको रसमा थाइमोल नामक तत्व पाइन्छ, जसले छालाको रोग कम गर्नमा फाइदा गर्छ । तुलसीको पातलाई छालामा घोट्ने गरे कुनै पनि छालाको संक्रमणबाट आराम पाउन सकिन्छ ।

– मुटु रोगीका लागि यो निकै फाइदाजनक हुन्छ । तुलसीले रगतमा हुने कोलस्ट्रोललई नियन्त्रण गर्छ । जसले मुटुको बिमारीलाई फाइदा गर्छ । तुलसीको रस सेवन नियमित रूपले गर्नाले फाइदा पुर्‍याउँछ । तुलसी र बेसारको पानी सेवन गर्नाले शरिरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रित हुन्छ ।

– तुलसीको पातको रस निकालेर त्यसमा बराबर मात्रामा कागतीको रस मिसाउने । यसलाई राती अनुहारमा लगाउनाले अनुहारमा चमक आउँछ र अनुहारमा रहेको फुस्रोपन कम हुन्छ ।

– तुलसीलाई थकाई मेटाउने औषधी पनि मानिन्छ । धेरै थकाई वा तनाव भएको अवस्थामा तुलसीको पातको सेवन गर्नाले थकाई कम हुन्छ ।

– फ्लु रोग तुलसीको पातको काँढा, सेन्धा नुन मिलाएर पिउनाले ठिक हुन्छ ।

– यसको नियमित सेवन गर्नाले क्रोनिक-माइग्रेस को निवारनमा पनि मद्धत गर्छ । दैनिक ४-५ देखि ६-८ वटा तुलसीको पत्ता चबाउनाले केही दिनमा नै माइग्रेसको समस्याबाट आराम पाउन सकिने बताइन्छ ।

– शिवलिङ्गीको बिऊलाई तुलसी र शख्खरसँग पिसेर नि:सन्तान महिलालाई खुवाए उनीहरूले सन्तान सुख पाउन सक्ने सम्भावना रहन्छ ।

– घमौराको उपचारका लागि सुन्तलाको बोक्रालाई छायाँमा सुकाएर पाउडर बनाउने । यसमा थोरै तुलसीको पानी र गुलाबजल मिसाएर शरिमा लगाउने गर्नाले फाइदा गर्ने बताइन्छ ।


  •  
  •  
  •