लाठी जुलुस प्रदर्शन नगर्न गृह मन्त्रालयको चेतावनी

173
  •  
  •  
  •  

काठमाडौं, १३ फागुन (ओएनएस) :  एमाओवादीको भातृ संगठन वाइसीएलले लाठीसहितको जुलुस प्रदर्शन गरेपछि गृह मन्त्रालयले जनता आतंकीत पार्ने काम बन्द गर्न चेतावनी दिएको छ ।

गृहले बुधबार विज्ञप्ति निकाल्दै मंगलबार निकालिएको जुलुसमा लाठीको प्रयोग भएको पाइएकोमा गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

मन्त्रालयले जनप्रदर्शनको नाममा कानून हातमा लिई जनता आतंकीत पार्ने कार्य गैर कानूनी भएको जनाउँदै लाठी प्रदर्शन नगर्न अपील गरेको छ ।

साथै, जनतालाई आतंकीत पार्ने लाठी प्रदर्शन गरिएको पाइएमा कानूनी कारबाही गर्ने समेत गृहले चेतावनी दिएको छ । यसअघि एमाओवादीले आगामी शनिबार गर्न लागेको सभाको लागि मंगलबार लाठीसहित प्रदर्शन गरेको थियो ।

वाइसीएलले प्रदर्शनको क्रममा केहि जनतामाथि लाठी प्रहार गरेका थिए ।

home ministry statememt


  •  
  •  
  •