बन्दकर्तालाई करवाही गर्ने गृह मन्त्रालयको चेतावनी

187
  •  
  •  
  •  

काठमाडौं, २४ चैत (ओएनएस) : गृह मन्त्रालयले बन्द गराउने कार्य गैर कानुनी भएकोले सर्वसाधारणलाई अस्तव्यस्ता बनाउने काम नगर्न आग्रह गरेको छ ।

गृहका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको नाममा जवर्जस्ती बन्द गराउने, सरकारी सम्पत्तीमा हानी नोक्सानी पुर्याउने, जनजीवनलाई अस्तव्यस्ता बनाउने जस्ता गतिविधिहरु गैर कानुनी भएकाले त्यस्ता गतिविधि नगर्न–नगराउन सम्बन्धित पक्षलाई आग्रह गर्दै त्यस्ता गतिविधिको पुनरावृत्ति भएमा कानून बमोजिम हदैसम्मको कारवाही हुने व्यहोरा समेत सबैमा गृह मन्त्रालय जानकारी गराउँछ । ’

गृहले निकाले विज्ञप्तिमा मंगलबार एमाओवादी नेतृत्वकाले गरेको बन्दको क्रममा जनजीवन प्रभावित भएपछि कुनै अप्रिय घटना नभएको जनाएको छ । साथै गृहले सर्वसाधरणलाई निर्वाध रुपमा सवारी साधन चलाउन र सुरक्षा चाहिएमा नजिकको प्रहरी युनीटमा खरब गर्न पनि अनुरोध गरेको छ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको तीन दिने आम हड्तालको पहिलो दिन मंगलबार देशभरमा ५५ जना बन्दकर्ता पक्राउ परेका छन् ।

मंगलबार बन्दको क्रममा देशभर २३ वटा सवारी साधनमा तोडफोड भई क्षती पुगेको छ । बन्दकोक्रममा काठमाडौंमा २ ट्याक्सी, १ मोटरसाइकल, सरकारीसमेत ४ जिप गरी जम्मा ७ वटा सवारी साधन र काठमाडौं बाहिर १६ गरी २३ गाडीमा आगजनी तथा तोडफोड गर्दा क्षती पुगेको हो । यीमध्ये प्रदर्शनकारीले काठमाडौंमा १ मोटरसाइकल र १ ट्याक्सी, सुर्खेत र रुपन्देहीमा १र१ मोटरसाइकलमा आगजनी गरेका थिए ।

सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच काठमाडौं भृकुटीमण्डपमा झडप हुँदा ५ प्रदर्शनकारी सामान्य घाइते भएका छन् भने घाइते १ प्रहरीको मोडल अस्पतालमा उपचार भइरहेको छ । यसैगरी झापा मेची नगरपालिका–१२ स्थित मेची नगरपालिकाको कार्यालयमा बन्दकर्ताहरु प्रवेश गरी शिशा, टेबल र कुर्ची तोडफोड गरी करीव १ लाख रुपैयाँ बराबरको क्षति पु-याएका छन् ।

साथै बन्दको क्रममा अवरोध गर्ने, तोडफोडमा संलग्न तथा उछृङखल गतिबिधि गर्ने काठमाडौंमा २८ जना र काठमाडौं बाहिरका विभिन्न जिल्लाहरुबाट २७ जना गरी ५५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Home Ministry


  •  
  •  
  •