संकटकाल कर्फ्यू लाग्ने भन्ने सूचना गलतः गृह मन्त्रालय

79
  •  
  •  
  •  

काठमाडौँ । संकटकाल कर्फ्यू लाग्ने भन्ने सूचना गलत भएको गृहमन्त्रालयले जनाएको छ ।

मेबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय  माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कर्फ्यू लाग्ने भन्ने सूचना सम्प्रेषित गरेकोप्रति मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जानकारी गराएको छ ।


  •  
  •  
  •