‘सके आन्दोलन फिर्ता लिनुस्, नसके लाठी र मसाल जुलुस प्रदर्शन नगर्नुस्’

145
  •  
  •  
  •  

Singadarbarकाठमाडौं, १३ चैत (ओएनएस) : सरकारले एकीृकत माओवादी सहितका ३० दलिय मोर्चालाई बन्दका कार्यक्रम फिर्ता गर्न आग्रह गरेको छ । उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सहमति बाहेक अरु बिकल्प नहुने भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै वार्तामा आउन आग्रह गरेका हुन् ।

सरकारले आन्दोलनका सबै कार्यक्रम फिर्ता नलिएपनि लाठी जूलूस, मसाल जूलूस र सरकारी कार्यालय घेराउ कार्यक्रम नगर्न अनुरोध गरेका छन् । लाठी जूलूस मसला जुलूस, सरकारी कार्यालय घेराउ, तीन दिनसम्म आमहड्ताल जस्ता विरोध कार्यक्रम गर्नाले मूलुकको शान्ति र ब्यवस्थामा गम्भीर समस्या पर्ने विज्ञप्तीमा जनाइएको छ ।

सरकार शान्ति ब्यवस्था कायम राख्ने दायित्वबाट पछि नहटने भएकाले अनेपेक्षित स्थिति पैदा हुने र त्यसले दलहरुबीको दुरी अझ बढाउँदै लैजाने भएकाले आन्दोलनका गतिविधि फिर्ता गर्न आग्रह गरिएको छ । सरकारले संविधानसभालाई अवरुद्ध पारेर मुलुकलाई प्रतिगमन तर्फ धकेल्ने तत्वहरु सक्रिय रहेको भन्दै मोर्चाले सार्वजानिक गरेको गम्भीर र उत्तेजक किसिमका कार्यक्रमले त्यस्ता समुहलाई फाइदा पुग्ने बताएको छ ।

३० दलिय मोर्चाले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम फिर्ता गर्न अनुरोध गर्दै त्यो नसके लाठी, मसाल जुलुस र सरकारी कार्यालय बन्द र आम हड्ताल फिर्ता गर्न विपक्षीलाई आग्रह गरिएको हो ।


  •  
  •  
  •