संविधान कार्यान्वयन गर्न सहमतिको सरकार : गृहमन्त्री

218
  •  
  •  
  •  

काठमाडौँ, १३ चैत(ओएनएस) : गृहमन्त्री शक्ति बस्नेतले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक सरकार आवश्यक रहेको बताएका छन् ।

आज बिहान घोराहीमा आयोजित एक कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि सबै प्रमुख राजनीतिक दल एकै ठाऊँमा आउनुपर्ने उल्लेख गरेका छन् । उनले सबैलाई एकै ठाउँमा ल्याएर संविधान कार्यान्वयनको कार्यलाई सहज बनाउनका लागि एमाओवादीले राष्ट्रिय सरकारको गठनका लागि पहल गरिरहेको बताएका छन् । उनले आफूहरूले चलाएको राष्ट्रिय सरकारको बिषयलाई सरकार ढाल्ने कामका लागि प्रयोग गरिएको भनेर नबुझ्न पनि आग्रह गरेका छन् ।

उनले वर्तमान सरकार पनि राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको बताउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसका कारण सम्भव हुन नसकेको बताएका छन् ।

संविधानमा रहेका असझदारीलाई संवादको माध्यमबाट हल गर्न सकिने बताउँदै उनले मधेस समस्या समाधानका लागि आन्दोलन नभई सम्वाद र सहमतिको आवश्यकता पर्ने भनाई राखेका छन् । उनले मधेसी दलहरू राजनीतिक सम्वाद समितिमा सहभागी भएर समस्या समाधानका लागि अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।


  •  
  •  
  •