चरी जवाफी कारबाहीमा मारिएका हुन् : गृहमन्त्री

249
  •  
  •  
  •  

काठमाडौं, २३ साउन (ओएनएस) :  एमालेले अपराधिक पृष्ठ भुमीका कार्यकर्ता दिनेश अधिकारी चरीलाई प्रहरीले सुनियोजितरुपमा हत्या गरेको आरोप लगाइरहेका बेला एमाले उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतमले प्रहरीको जवाफी कारबाहीमा मारिएको बताएका छन् । चरी प्रकरणबारे शुक्रबार संसदलाई जानकारी गराउृन सभामुखले सरकारलाई निर्देशन दिएपछि गृहमन्त्रीले यस्तो जानकारी दिएका हुन् ।

_AKD1948गौतमले संसदमा भने, ‘दिनेश अधिकारी चरीको मृत्यु सम्बन्धमा विबरण संकलन गर्ने काम भइरहेको छ । उनी जवाफी कारबाहीमा मारिएको थाहा भएको छ ।’ उनले घटनाबारे विस्तृत जानकारी नआएको उल्लेख गर्दै प्रहरीले शंका लागेर पक्राउ गर्न खोज्दा जवाफी फायर गरेका कारण प्रहरीको गोली लागी उनको मृत्यु भएको बताए । चरी २०६२ सालदेखी विभिन्न अपराधमा संलग्न रहेको मन्त्री गौतमले बताए । उनले भने, ‘मृत्यु भएको बिषयमा विस्तृत विबरण संकलन गर्ने काम भइरहेको व्यहोरा जानकारी गराउछु, विस्तृत विबरण आएपछि सदनलाई जानकारी गराउँछु ।’

मन्त्री गौतमले नेपालगञ्जमा बसभित्र भएको सामूहिक बलात्कारमा संलग्नलाई पक्राउ गरिसकिएको जानकारी गराए ।

यो पनि पढ्नुहोस ।

चरी इन्काउन्टर फर्जि :  एमाले


  •  
  •  
  •