काठमाडौं, २२ साउन (ओएनएस) : उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गुण्डा नाइके तथा एमाले कार्यकर्ता दिनेश अधिकारी चरीको इन्काउन्टरबारे छानविन हुने बताएका छन् । चरीको परिवार सहित गृहमन्त्रीलाई भेट्न पुगेका एमाले केन्द्रिय नेताहरु राजेन्द्र पाण्डे र गंगालाल तुलाधरलाई गौतमले त्यस्तो आश्वासन दिएका हुन्।
बिहीबार एमाले नेता तथा चरी परिवारले गृहमन्त्री गौतमलाई मन्त्रीक्वाटर हरिहर भवनमै पुगेर भेट गरेको थियो । भेटमा एमाले नेता राजेन्द्र पाण्डेले पक्राउ गर्न सकिने अवस्था हुँदाहुँदै प्रहरीले गोली हानेर चरीको हत्या गरिएको आरोप लगाए । उनले भने, ‘कसैले अपराध गरेको छ भने कानुन अनुसार छानबिन भएर अदालतले दण्ड गर्न सक्छ, गोली हान्न पाइँदैन ।’
अधिकारी पाण्डे र तुलाधरको गृहजिल्ला धादिङ त्रिपुरेश्वर गाविसका स्थायी बासिन्दा हुन्। उनी एमाले क्षेत्र नम्बर १ कमिटिका उपाध्यक्षसमेत हुन्।
पूर्वमन्त्री पाण्डेले ुचरीमाथि इन्काउन्टरको नाटक रचेर प्रहरी प्रशासनले राज्यशक्तिको दुरुपयोग गरेकोु दाबीसमेत गरेका छन्।
गौतमसँग भेटका क्रममा पाण्डेले आधुनिक राज्य व्यवस्थामा मानिसको बाच्ने अधिकार सुरक्षित हुने तर्क गरे। अपराधीलाई सुधारेर असल नागरिक बनाउन सकिन्छ भनेर राज्यले कारागार लगायत बन्दोबस्त गर्ने व्याख्या पनि उनले गरे।
अधिकारीको बुधबार काठमाडौंको भिमढुंगामा प्रहरीसँगको मुठभेटमा हृत्यु भएको प्रहरीको दाबी छ ।
यो पनि पढ्नुहोस् ।