गृहमन्त्रीले माफी मागेपछि संसद खुल्यो

127
  •  
  •  
  •  

कार्यबहाक प्रधानमन्त्री वामदेव गौतम
गृहमन्त्री वामदेव गौतम

काठमाडौं, १६ कात्तिक(ओएनएस) : उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले माफी मागेपछि राप्रपा नेपालले गरेको संसदको अवरोध खुलेको छ । आज संसदमा गृहमन्त्री गौतमले माफी मागेपछि संसद सुचारू भएको छ ।

संसद बैठक अगाडि राप्रपा नेपालका सभाषद्हरू र गृहमन्त्री गौतमसहितका केही मन्त्रीहरूबीच संविधानसभा भवन नयाँ बानेश्वरमा भएको वार्तापछि गृहमन्त्रीले संसदमा क्षमा मागेका हुन् । संसद बैठकको सुरूवातमा नै राप्रपा नेपालका सभाषद् दिलानाथ गिरीले समय मागेर आफ्नो धारणा राखेपछि रोष्टममा गएर गौतमले क्षमा मागेका थिए ।

गृहमन्त्रीले ‘धर्मप्रति अपमान हुने शब्द फिर्ता लिन्छु’ भन्दै माफी मागेका थिए । संसदमा माफी माग्ने क्रममा उनले भने, ‘राप्रपा नेपाललाई कुन कुन शब्दले अपमान महसुस भयो म ती शब्दहरु फिर्ता लिन्छु ।’

उनले आफूले हिन्दु धर्मको अपमान गर्न नखोजेको बताउँदै भने, ”म आफैं हिन्दू धर्मको संस्कारमा हुर्किएको हुँ । मैले हिन्दूको अनादर गर्ने कुरै भएन ।’

शान्ति बाटिकामा अनसनरत शन्तले आत्महत्या गर्ने चेतावनी दिएकाले स्थित नियन्त्रणमा लिन ३ घण्टा सन्तलाई सिंहदरबार प्रहरीले सम्मान साथ राखेको उनले बताए ।


  •  
  •  
  •