‘हेलिकोप्टरमा भने पनि हवाइजहाजमा भने पनि वार्ता गर्न तयार’

124
  •  
  •  
  •  

bam_dev_gautamकाठमाडौ, १० फागुन(ओएनएस) : उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चाले वार्ताका लागि पूर्व सर्त अघि सारेको भन्दै पूर्व सर्तले वार्ताको वातावरण नबन्ने बताएका छन् । मन्त्री गौंतमले आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै एमाओवादी लचिलो भएर प्रस्तुत भए सरकार जुनसुकै अवस्था र जुनकुनै बेला वार्ताका लागि तयार रहेको बताए ।

‘तपाई(पत्रकार)हरूले पनि भनिदिनुहोस् सरकार हेलिकोप्टरमा भने पनि हवाइजहाजमा भने पनि वार्ता गर्न तयार छ’ गृहमन्त्री गौतमले भने, ‘जुनसुकै वेला वार्ताका लागि तयार भएको सरकारलाई पूर्वसर्त राखेर विपक्षले नैं वार्ताको वातावरण बिगारीरहेको छ ।’ उनले प्रधानमन्त्री प्रचण्डको घरमा जाने देखि दुइदुइपटक वक्तव्य जारी गर्दा समेत विपक्षीहरु वार्ताका लागि तयार नहुनुले उनीहरूले संविधानसभा नैं नचाहेको संकेत देखिएको छ ।

‘अहिलेसम्म कहिल्यै नटुक्रिएको देशलाई जातका नाममा टुक्राटुक्रा पार्ने वाहियात तर्क कुनैपनि हालतमा हामीलाई मान्य हुँदैन’ उनले थपे, ‘त्यसकारण जनताको मेलमिलापलाई छिन्न भिन्न बनाउने शर्त छोडेर वार्तामा आउन आव्हान गर्छौं ।’

उनले संविधानसभाका अध्यक्षलाई समेत सांघातिक आक्रमण गर्न जाँदा समेत सत्तापक्षले दुईं दिन मात्र क्षमा माग्नुपर्छ भन्दै वार्ता रोकेको स्मरण गदैं अब केही समय मात्र वार्ताका लागि कुर्ने बताए ।

उनले यसो भनेर सरकार आगामी १६ गतेसम्म कुर्न तयार भएको समेत खुलासा गरे । उनीहरु १६ गते अघि वार्तामा बस्दैनौं भन्दैछन् तपाईँहरू कुर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘१६ गते आउन अब कत्ति नैं दिन बाँकी छ र ?’

शान्ति प्रक्रियामा भएको आफ्नो भूमिकाको यसरी गरे आफैले बखान

जहाँसम्म मेरो भूमिका छ, मैले रोल्पा पुगेर प्रचण्ड, बाबुराम र कृष्णबहादुर महरासँग भेटेर ६ बुँदे सहमति गरे, त्यसैका आधारमा १२ बुँदे भयो । १२ बुँदेमा सहमति गर्दा, कांग्रेसले तत्काल राजतन्त्र हटाउन चाहेन र गणतन्त्र र राजतन्त्रका विषय १२ बुँदेमा लेखिएन ।

एमाओवादीसहितको संलग्नतामा राजतन्त्र ढलेको थियो, तर माओवादीले शान्ति प्रक्रिया नभएसम्म आउँदिन भनेकाले सम्झौता भएको हो ।

पहिलो संविधानसभामा अनपेक्षित परिणाम

दोस्रो संविधानसभाको चुनावलगत्तै एमाओवादी अध्यक्षले स्वच्छ र निपष्क्ष र धाधलीरहित निर्वाचन भएको भन्दै वक्तव्य जारी गरे । तर, परिणाम आउनेक्रम सुरू हुनासाथ एमाओवादीले त्यसको परिणाम अस्वीकार गर्ने भन्दै वक्तव्य जारी गरे । पहिलो बैठक राख्न पनि अनेक सर्तसहित सहमति गर्नुपर्यो । उहाँहरुकै भनाइ अनुरूप संवाद समितिको सभापति र संविधानसभाको उपाध्यक्ष दिएका हौं ।

अहिले आएर फेरी एमाओवादीले यो संविधानसभालाई असफल गराएरैं छोड्छौं भनेर अभियान संचालन गरिरहेको छ । सदियौं पहिले एउटा राजाका दुइ रानी थिए, दुवैबाट उस्तै अनुहार भएका छोरा जन्मे । एउटी रानीको छोरा मरेछ, उनले अनेक षड्यन्त्रबाट अर्की रानीको काखमा थमाउदै जिवित छोरो आफ्नो दावी गरिन । झगडा भयो । राजाले तरवारले आधाआधा बनाइदिने घोषणा गरे, जसको छोरा थिएन, उसले सरकारको निर्णय मान्छु भनिन्, जसको छोरा थियो, उसले मलाई छोरा चाहिएन यस्तो निर्णय नहोस् भनिन् ।

एमाओवादीले पनि संविधानसभा आफ्ना एजेण्डा दावी गर्दै पटक पटक असफल बनाउने प्रसाय गरिरहेको छ । शेरबहादुर प्रधानमन्त्री हुँदा दिएका ४० बुँदे एउटा राजनीतिक रणनीति मात्र थियो ।


  •  
  •  
  •