सहकारीविरुद्ध किन खनिए गृहमन्त्री ?

171
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ (ओएनएस) : गृहमन्त्री बामदेव गौतमले दलाली गर्ने सहकारीहरु बन्द गरिनुपर्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघको काठमाडौंमा आयोजित २१ औं साधारण सभामा बोल्दै उनले बचत तथा ऋण सहकारीहरु दलाली गर्ने संस्था भएको बताए ।

उनले ७÷८ प्रतिशतमा बचत लिने र २० प्रतिशतमा ऋणको ब्याज उठाउने गरेको भन्दै त्यस्ता सहकारी सबै बन्द गर्नुपर्ने बताए । उनले बचत तथा ऋण सहकारी संस्थाको काम नभएको भन्दै कृषिजन्य सहकारीमार्फत भने उत्पादन बढाउनुपर्ने बताए । उनले अन्य प्रकृतिका सहकारीबाट उत्पादित वस्तुहरु सरकारले खरिद गर्ने बातावरण तयार पार्नुपर्नेमा जोड दिए ।

सहकारी पीडित भएकाले पनि गृहमन्त्री सहकारीविरुद्ध खनिएका हुन् । उनी सुधिर वस्नेताको आरिन्टियल सहकारीका पीडित हुन् । उनको ५० लाख रुपैयाँ सो सहकारीमा डुबेको छ । गृहमन्त्रीले ते सहकारीमा डुबेको रकम हात लगाउन सकेका छैनन् भने, सर्वसाधारणको हालत के होला ?

गृहमन्त्री गौतमले हरेक राजनीतिक दलको सदस्यता दिँदा उद्यमशीलता भएको व्यक्तिलाई मात्र सदस्य बनाउने मापदण्ड सबै दलहरुले बनाउनुपर्ने बताए । त्यसैगरि नेपाली वस्तु र उत्पादन प्रयोग गर्ने नीति समेत बनाउनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्द पोखरेलले साना उद्यमीहरुनै मुलुकको आर्थिक आधार भएको बताए । उनले साना र मझौला उद्यमलाई सरकारले प्रोत्साहन र प्रबद्र्धन गर्नुपर्ने धारणा राखेका थिए ।


  •  
  •  
  •