लकडाउनको उल्लंघन गरी सडकमा प्रदर्शन नगर्न गृहमन्त्रालयको आग्रह

276
  •  
  •  
  •  

काठमाडौं । गृह मन्त्रालयले लकडाउनको उल्लंघन गरी सडकमा प्रदर्शन नगर्न आग्रह गरेको छ । सरकारका कामकारवाहीको विरोधमा देशका मुख्य सहरमा स्वतस्फूर्त प्रदर्शन हुन थालेपछि गृहले यस्तो विज्ञप्ति प्रकाशित गरी आग्रह गरेको हो ।

विज्ञप्तिमा लकडाउन कायमै रहेको अवस्थामा केही दिनदेखि विभिन्न बहाना र माग राखेर जुलुस प्रदर्शन, धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी गराइ अनावश्यक भिडभाड गरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

लकडाउनको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन अन्तर्गत १ महिना देखि ६ महिनासम्म थुनामा राखी कारबाही गर्न सक्ने प्रावधानको मन्त्रालयले स्मरण गराएको छ । यसको उल्लघंन गरे कानुन बमोजिम कारवाही गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


  •  
  •  
  •