अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु सञ्चालन गर्न आग्रह

795
  •  
  •  
  •  

काठमाडौं । सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको पनि देखिएका छन्।’


  •  
  •  
  •