कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमै भएको हो : गृहमन्त्री

143
  •  
  •  
  •  

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाका नेता कुमार पौडेलको दोहोरो भिडन्तमै मृत्यु भएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सर्लाहीका नेता पौडेलको प्रहरीले नियन्त्रणमा लिएर हत्या नगरेको स्पष्ट पारे ।
गृहमन्त्री थापाले स्थानीय जनप्रतिनिधिकै आग्रहमा पौडेलमाथि कारबाही गरिएको समेत बताए ।
बैठकमा नेपाली कांग्रेस र राजपा सांसदले उनलाई नियन्त्रणमा लिएर हत्या भएको कुरा आएको भन्दै प्रश्न उठाएका थिए ।
सर्लाहीकै इश्वरपुरमा प्रहरीको गोलीबाट सर्वसाधारण मारिएको घटनामा पनि गृहमन्त्रीले प्रहरीको बचाउ गरे । उनले प्रदर्शन नियन्त्रणमा लिने क्रममा हवाइ फायर गर्दा स्थानीय सरोज सिंहको मृत्यु भएको बताए ।
गृहमन्त्रीको जवाफ सत्यमा आधारित नभएको भन्दै प्रतिपक्षी कांग्रेस र राजपा सांसदहरुले भने घटनाको संसदीय छानविनको माग गरेका छन् ।

घटनामा प्रहरीले दमन र बल प्रयोग प्रतिपक्षी सांसदहरुको आरोप छ । सर्लाहीको ईश्वरपुरमा खाल्डोमा परेर ११ बर्षका बालक अमित रायको मृत्यु भएपछिको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउदा स्थानीय सरोज सिंहको मृत्यु भएको थियो ।


  •  
  •  
  •