२०७२ सालको विदा तथा पर्वहरु (राजपत्रमा प्रकासित सूचनासहित)

660
  •  
  •  
  •  

काठमाडौं, १९ चैत (ओएनएस) : आउँदो वर्ष अर्थात् २०७२ सालमा सबैले ८३ दिन विदा पाउने भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकासित गरेरै २०७२ सालमा छाप सरकारी विदा हुने दिन घोषणा गरेको छ । यसपालि दशैँमा ६ दिन विदा परेको छ ।

घटस्थापना, फूलपातीदेखि द्वादशी (शनिबार) र कोजाग्रत पूर्णिमाका दिन गरी ६ दिन विदा छ । तर, तिहारमा भने लक्ष्मीपुजा कात्तिक २५ गतेदेखि २७ गते भाइटिकासम्म तीन दिन विदा परेको छ । त्यसैगरी श्रीकृष्ण जन्माष्टमी र गौरापर्वको विदा पनि शनिबार पर्न गएको छ ।

शनिबार विदा ५२ दिन रहेको छ । यसबाहेक काठमाडौँ उपत्यकाबासीलाई थप ४ दिन विदा रेको छ । महिला कर्मचारीलाई मात्र ३ दिन विदाको व्यवस्था गरिएको छ भने स्कूल अर्थात शिक्षण संस्थाका लागि थप एक दिन विदा दिइएको छ ।

नयाँ वर्षमा कुन कुन दिन विदा हुने रहेछ त ? राजपत्रमा प्रकासित सूचना हेरौँ ।

Rajpatra 2 Rajpatra 3 Rajpatra 4 Rajpatra 5


  •  
  •  
  •