बकर इदको अवसरमा भोलि सार्वजनिक विदा

62
  •  
  •  
  •  

काठमाडौं, १९ असोज (ओएनएस) : बकर इदको अवसरमा सरकारले भोलि सार्वजनिक विदाको दिएको छ । मुस्लिम समुदायको महान चाड बकर इद (इदउल अजाह) को अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।

यसबर्ष दशैंकै बीचमा इद परेको छ । बकर इद, इदउल फित्रपछि आउने ठूलो पर्व हो । इस्लामी पात्रो हिजरी सम्बतको नवौं रमजनाल मुबारक महिनाभरि ब्रत बसेपछि इदउल फित्र मनाइन्छ भने १२ औं महिना जिल्हिज्जाको पहिलो हप्ता बकर इद मनाईछ ।

जिल्हिज्जा महिनाको ८ तारिखदेखि साउदी अरबमा हज शुरु हुन्छ । त्यही महिनाको १० तारीखका दिन विश्वभरका मुसलमानले बकरइद मनाउँछन् ।

 

 


  •  
  •  
  •