चीर ठड्याइयो, होली पर्व सुरू

331
  •  
  •  
  •  

काठमाडौँ, ३ चैत्र(ओएनएस) : होली पर्वको सुरूवात भएको प्रतिकको रूपमा आज हनुमानढोकाको दक्षिणतर्फ बसन्तपुरमा तीनतले चीर ठड्याइएको छ । पञ्चांग निर्णायक समितिले बुधबार बिहान ७ बजेर ४७ मिनेटका लागि निकालेको साइत अनुसार चीर ठड्याइएको हो ।

प्रत्येक वर्षको फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने गरिन्छ । चीरमा रंगीविरंगी कपडाका टुक्रा झूण्ड्याउने गरिन्छ । चीर ठड्याएपछि देशभर होलीको माहोल सुरू हुने गर्छ । बसन्तु ऋतुको स्वागतका रूपमा मनाइने भएकाले पनि यस पर्वलाई बसन्तोत्सव वा मदनोत्सव भन्ने गरिन्छ । एक-आपसमा मैत्री तथा सद्भावनपूर्वक खेलिने यो पर्व एक अर्कालाई अबिर लगाएर, नाचगान गरेर मनाउने गरिन्छ ।

पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै वसन्त ऋतु आरम्भ हुन्छ ।


  •  
  •  
  •