तराई, पहाड, हिमाल सबैतिर होलीको उल्लास

280
  •  
  •  
  •  

काठमाडौं ९ चैत (ओएनएस) : रंगहरुको पर्व होली देशभरी उल्लासका साथ मनाइदैछ । तराई, मधेस पाहाड सबैतिर हर्षोल्लासका साथ मनाईंदैछ । मनाउने तरिका भने फरक फरक छन् । तराईका जिल्लाहरुमा भने विषेश रुपमा भोली होली मनाउने गरिन्छ ।
बसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने होलीलाई सदभाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा पनि लिइन्छ । मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भई एकआपसमा रंग दलेर यो पर्व मनाउने चलन छ ।

काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुको मौसम केही चिसो भए पनि लोला हान्ने, पानी छ्पाप्ने र अबिर लगाइदिएर होली खेल्ने क्रम जारी छ । बिभिन्न सामाजिक संस्थाहरुले होली मिलन समारोह लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु पनि आयोजना गरेका छन् ।

विष्णुभक्त प्रल्हादलाई आगोमा जलाउन खोज्दा पापी प्रवृत्तिकी होलीका आगोमा भष्म भएको खुसीयालीमा होली मनाउन थालिएको पौराणिक कथन छ । होलीको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूणिर्माको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।


  •  
  •  
  •