जबरजस्ती रंग दल्ने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पाँच युवतीसहित १ सय ९४ जना पक्राउ

होली खेल्ने क्रममा विवाद हुँदा खुकुरी हानाहान
445
  •  
  •  
  •  

काठमाडौं, ६ चैत(ओएनएस) :  फागु पूर्णिमा (होली)का दिन बुधबार इच्छा विपरित जबरजस्ती रंग दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पाँच युवतीसहित १ सय ९४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दिनभरमा १ सय ९४ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । डिएसपी बोगटीका अनुसार अरुको इच्छाविपरित होलीमा रंग दल्ने र होहल्ला गर्नेलाई पक्राउ गरिएको हो ।

यसैबीच नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुँदा खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् । खुकुरी लागी सौगात केसी र छत्र भण्डारी घाइते भएका हुन् ।

काठमाडौंमा मात्रै १ सय ७ स्थानमा ‘चेक प्वाइन्ट’ राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
होलीको दिन बुधबार काठमाडौंमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


  •  
  •  
  •