जहाज होल्डपछि पर्यटनमन्त्रीविरुद्ध नाराबाजी(भिडियोसहित)

224
  •  
  •  
  •  

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन् ।

हेर्नुहोस् भिडियो

व्यक्तिगत प्रयोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले मन्त्रीविरुद्ध जहाजमै नाराबाजी गरेका हुन् ।

राजावादी भनेर चिनिएका ज्ञानेन्द्र शाहीलगायत युवाले बुद्ध एयरको जहाजभित्र मन्त्रीलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा समेत राखिएको छ ।

ज्ञानेन्द्र शाहीले ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो’ भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन् ।

मन्त्री भट्टराईले क्षमायाचना मागे

मन्त्री भट्टराईले भने आफ्नो कारण जहाज १५ मिनेट मात्रै ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उद्घाटन गर्न कैलालीको धनगढी हुँदै टीकापुर गएका थिए ।
शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरबाट काठमाडांै फर्किएका छन् ।

यस्तो छ मन्त्री भट्टराईको फेसबुक स्टाटर

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ…

Yogesh Bhattarai यांनी वर पोस्ट केले शनिवार, १४ सप्टेंबर, २०१९


  •  
  •  
  •