किन लगाइन्छ रेड रिबन ?

260
  •  
  •  
  •  

काठमाडौँ, १५ मंसिर : विश्व एड्स दिवसमा सार्वजनिक रूपमा रेड रिबन लगाउने चलन छ । विश्वभरका एचआइभी संक्रमितको सोलिडारिटी कायम गर्ने सिम्बोलका रूपमा यसलाई लगाउने चलन छ ।

१९९१ बाट सिम्बोलिक देखाउनका लागि रेड रिबनको प्रयोग सुरु गरिएको थियो । एचआइभी संक्रमित, एड्सबाट मृत्यु भएका र हुन सक्ने व्यक्तिहरूको सम्मान, सहयोग, सद्भाव र सम्झनामा रेड रिबनको प्रयोग गरिन्छ । एड्स दिवसको दिन अमेरिकाको ह्वाइटहाउसमा रेड रिबन झुन्ड्याउने चलन छ ।

अमेरिकामा सन् १९८१ मा पहिलोपटक एचआइभी संक्रमण देखिएको थियो । एचआइभीलाई सुरुवाती समयमा निकै खतरनाक रोगका रूपमा लिइन्थ्यो । एचआइभी संक्रमितका लागि औषधिको समेत आविष्कार भइसकेको थिएन । अहिले विश्वभर एचआइभी संक्रमित बढिरहेका छन् ।

विज्ञानले यसको औषधि पनि पत्ता लगाइसकेको छ । तर, एचआइभी संक्रमितको संख्या भने दिनप्रतिदिन बढ्दो छ । विश्वमा ३६ दशमलव ७ मिलियन मानिस एचआइभी संक्रमित छन् । तर, संक्रमित ७० प्रतिशतलाई मात्र आफूमा एचआइभी पोजेटिभ भएको बारेमा ज्ञान छ । अहिलेसम्म ३५ मिललियनभन्दा बढी मानिसको मृत्यु एचआइभीका कारण भएको छ ।


  •  
  •  
  •