हिउँदे अधिवेशन पुस पहिलो साताबाट शुरु हुने

594
  •  
  •  
  •  

काठमाडौं, १२ मंसिर(ओएनएस) । संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो साताबाट शुरु हुने भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशन पुुस पहिलो साताबाट हुने जानकारी दिए ।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपाली कांग्रेसको महासमिति बैठक परेकाले पुसको पहिलो हप्ताअघि संसदको हिउँदे अधिवेशन बोलाउने अवस्था नरहेको बताए ।

संसदको हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका सबै कानुन संशोधन गर्ने सरकारको तयारी छ ।

तिमिल्सिनाले संसदीय समितिहरुलाई ठोस कार्ययोजना बनाएर सरकारको काम, कारबाहीको अनुगमन गर्ने काममा तीव्रता दिन पनि सचेत गराए ।

समितिको काम प्रभावकारी बनाउन समयसीमा नै तोकेर अनुगमनको योजना तय गर्नुपर्ने उनको भनाइ छ ।


  •  
  •  
  •