मोरङमा दुई हजार वर्ष पुराना भाँडावर्तन भेटिए

88
  •  
  •  
  •  

काठमाडौं ८ बैशाख ।
मोरङको बेलबारीस्थित बेतना सिमसारको क्षेत्रमा नव पाषाणकालीन भाँडावर्तन फेला परेका छन्। पुरातत्व विभागले गत दश दिनअघि सुरु गरेको उत्खनन् कार्य सोमबार सम्पन्न भएको छ । ती बस्तु दुई हजार वर्ष पुराना हुनसक्ने अनुमान गरिएको छ।

विभागले बेतना सिमासारको दुई सय मिटर आसपासको क्षेत्रमा उत्खनन् गरेको हो। त्यहाँ तीन स्थानमा उत्खनन गरिएको छ।त्यस क्रममा मानव सभ्यताको तीन कालमध्ये नव पाषाण कालका वस्तुहरू फेला परेको छ।

पुरातत्व विभागका अन्वेषक तथा वरिष्ठ पुरात्तवविद तारान्नद मिश्रले भने,‘माटाका भाँडाको फुटेका टुक्राहरू, नर्देन ब्लायक वेयर, ग्रेवेर र रेडवेयरहरू पर्याप्त मात्रामा भेटिएको छ।’

यो क्षेत्रमा धेरै वर्ष पहिले मानव वस्ती रहेको किटान नै गर्न सकिने टोली प्रमुख रामकुमार कुँवरले जानकारी दिए । कुँवरका अनुसार विभागले प्राप्त वस्तुहरूको थप अध्ययन गर्नेछ । विभागले अर्को वर्ष पनि उत्खनन् गरिने जनाएको छ । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •