डोटीमा आजदेखि इतिहास सम्मेलन

200
  •  
  •  
  •  

डोटी, ५ बैशाख(ओएनएस) : धार्मिक, पर्यटकीय, ऐतिहासिक तथा साँस्कृतिक पक्षहरुको अध्ययन गर्ने उद्देश्यले आजदेखि डोटीको सदरमुकाम सिलगढीमा इतिहास सम्मेलन सुरु भएको छ ।

सुदुरपश्चिम क्षेत्रमा पहिलो पटक हुन लागेको सम्मेलनमा पर्यटकीय क्षेत्र खप्तड, शैलेश्वरी मन्दिर, ऐतिहासिक व्यक्तित्व भिमदत्त पन्त तथा यहाँको लोक साहित्यलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

अहिले बिहान साढे ८ बजेदेखि सुरू हुने सम्मेलनमा भाग लिन नेपाल इतिहास संघका महासचिव प्राध्यापक डा. ज्ञानेन्द्र पौडेलसहितको टोलि डोटी पुगिसकेको डोटी क्याम्पसका प्रमुख कृष्ण कठायतले जानकारी दिए ।

नेपाल इतिहास संघ र इतिहास केन्द्रिय विभागको संयुक्त आयोजना तथा डोटी क्याम्पस डोटीको आतिथ्यमा हुन लागेको सम्मेलनले सुदुरपश्चिमको समग्र विकासमा टेवा पु्याउने विश्वास लिइएको छ । सम्मेलन भोलिसम्म चल्नेछ ।


  •  
  •  
  •