रैतीले चलाएको विश्वकै नौलो संवत्

नेपाल संवत : ऐतिहासिक तथ्यहरुको अन्वेषण

122
  •  
  •  
  •  


नरेन्द्रबहादुर श्रेष्ठ

२०५५ साल कात्तिक ४ गते नेपाल संवत् १११९ कक्षलाथ्व १ मा समाचारपत्रको विशेषांकमा यस पंक्तिकारले लखेको थियो— नेपाल संवत् नै राष्ट्रिय संवत् हो, यो संवतलाई राष्ट्रिय संवत्को मान्यता दिइनुपर्छ ।

त्यसको प्रतिक्रियामा केही साथीहरूको भनाइ थियो— नेपाल संवत् भनेको नेवारहरूको मात्र संवत् हो । ती साथीहरुलाई के भन्न चाहन्छु भने यो नेवारहरूको मात्र संवत् हुँदै होइन, नेपालकै मौलिक संवत् हो । यो संवत् बाहुन, क्षत्री, वैश्य, शुद्र सम्पूर्ण नेपालीको हो ।

इतिहास साक्षी छ, राजा राघवदेवको पालामा शंखधर साख्वाले ऋणमोचन गरेवापत यो संवत् चलेको हो । ऋणमोचन कसरी गरे त रु त्यो पनि राजा नभई एक आमनागरिकले ? फेरि अर्को प्रश्न उठ्छ, राजाले पनि जनतासँग ऋण लिन्छ कहीँ ?
तर, नेपालमा धेरै उदाहरणहरू छन् । जस्तै राजाको राज्याभिषेक, युवराजधिराजको उपनयन लगायत दरबारका प्रायः शुभकार्यमा ३२ कोठी महाजनहरूको उपस्थिति नभई पूरा हुँदैन भनिन्थ्यो ।

महाजन भन्नाले नेपालमा एउटा संगठित मान्यताप्राप्त ३२ कोठी महाजनहरूको समूहलाई मान्ने चलन थियो । त्यसैको आधुनिक स्वरुप हो, नेपाल च्याम्बर अफ कमर्स, उद्योग बाणिज्य महासंघ लगायतका संस्था ।

कुनै आयातीत संवतमा रमाउनुभन्दा हाम्रो आफ्नै मौलिक संवत हुँदा अन्तर्राष्ट्रिय स्तरमै नेपालको एउटा गौरव झल्कन्छ ।

युवराजधिराज दीपेन्द्रको २०४६ सालमा उमेर पुगेको घोषणा गर्ने अवसर र व्रतबन्धको बेलामा ३२ कोठी महाजनको प्रतिनिधिस्वरूप नेपाल चेम्बर अफ कमर्सलाई प्रतिनिधित्व गराइएको थियो । त्यसबेलाको नेपालमा साहू र व्यापारीहरू प्रायः नेवार नै थिए । त्यही व्यापारी समुदायका ३२ कोठी महाजनहरूले देश, काल परिस्थितिले आपतविपद पर्दा सहयोग गर्ने एक किसिमको अन्तरंग सम्बन्ध थियो ।

  राजा र प्रजाको बीचमा शंखधर भन्ने एउटा महाजन थिए । महाजन भन्नाले उनी त्यति ठूला सम्पत्तिवाल नहोलान् तर एउटा मान्यता छ, शंखधरले बालुवाबाट सुन बनाएर ऋणमोचन गराएकाले म्हः पूजा अर्थात् आफ्नै शरीरको पूजा गर्ने प्रचलन चलाए । र, सोही दिनदेखि नयाँ संवत् गणना सुरु गरेर नेपाल संवतको थालनी भयो ।

कतिपय व्यक्तिले के पनि प्रश्न उठाएका छन् भने बालुवाबाट पनि सुन हुन्छ र रु हास्यास्पद रूपमा गिल्ला गरेर प्रश्न गर्छन् । तर म भन्छु, बालुवाबाट सुन हुन सक्छ । जस्तो कि कालीगण्डकीमा कतिपय मान्छेहरू बालुवा चालेर सुनका कणहरू निकाली आफ्नो जीविकोपार्जन गरिरहेकै छन् । काठमाडौँस्थित शोभा भगवतीको विष्णुमतीमा दुई सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानेर मारिएको स्थाननजिक रहेको भचाखुशीमा बालुवाबाट चालेर सुनका कणहरू नै निकाल्थे भन्ने हामी केटकेटी हुँदा सुनेकै कुरा हो ।

नेपाल एउटा तन्त्रैतन्त्रले भरिएको देश पनि हो । जामुना गुभाजूजस्तो प्रसिद्ध तान्त्रिक भएको देशमा बालुवालाई सुनमा परिणत गर्ने वा बालुवा भनेर बोकाइएको सामग्री सुन हुन जानु तान्त्रिक विद्या र लौकिक व्यवहारकै सामान्य विश्वासको कुरा मान्न सकिन्छ ।

युवराज दीपेन्द्रको २०४६ सालमा उमेर पुगेको घोषणा गर्ने अवसर र व्रतबन्धको बेलामा ३२ कोठी महाजनको रूपमा नेपाल चेम्बर अफ कमर्सलाई प्रतिनिधित्व गराइएको थियो । त्यसबेलाको नेपालमा साहू र व्यापारीहरू प्रायः नेवार नै थिए । त्यही व्यापारी समुदायका ३२ कोठी महाजनहरूले देश, काल परिस्थितिले आपतविपद पर्दा सहयोग गर्ने एक किसिमको अन्तरंग सम्बन्ध थियो ।

हाम्रो तान्त्रिक विद्या आजको भूगर्भशास्त्र र खगोलशास्त्रभन्दा निकै अगाडि थियो । हालै देखिएको पूर्णिमाको चन्द्रमाबारे १३३ वर्षअघि नै यो मितिमा सबैभन्दा उज्यालो हुन्छ भन्ने कुरालाई कसरी अनुमान गरियो होला रु त्यसैगरी ज्योतिषीहरूले अमुक समयमा अमुक स्थानबाट बालुवा झिकेको खण्डमा सुन हुन्छ भन्ने किसिमको भविष्यवाणी गरेको पनि हुन सक्छ ।
त्यही भविष्यवाणीअनुरूप बालुवा लिन शोभा भगवतीको लखु तीर्थमा चारजना व्यक्तिहरू आए र त्यही बाटोको पाटीछेउमा एउटा बन्दव्यापार गर्ने साहू थियो । त्यो साहू एउटा नेवार नै होला अथवा बाहुन, क्षेत्री वा कुनै जातिको, त्यसमा भन्नु केही छैन । तर, त्यतिबेलाका व्यापारीहरू प्रायः नेवार नै हुन्थे भन्नचाहिँ सकिन्छ ।

व्यापारी प्रायः चलाखै हुन्छन् । उसले हरेक व्यक्तिको मनोविज्ञान बुझेकै हुन्छ । यताबाट चारजना मान्छे गएर तीनचार घण्टापछि बालुवा बोकेर आइरहेको देख्यो, उसले त्यो ठाउँमा बसेर उनीहरूले सुस्केरा हाल्दा, त्यो साहूकोमा चुरोट नै तान्दा वा त्यतिबेला जाँड नै पिउँदा उसले सोध्यो होला, तिमीहरू कहाँबाट आएको र कहाँबाट ल्याएको ?

लखु तीर्थबाट ल्याएको भनिएपछि व्यापारीको दिमागले काम ग¥यो । बालुवा त भक्तपुरमा पनि पाइन्छ, यही मेरै घरअगाडि पनि पाइन्छ । त्यहाँदेखि ल्याउनुको अर्थ के हो रु कसले पठाएको तिमीहरूलाई भन्दा एउटा त्यस्तो महातान्त्रिक ज्योतिषीले पठाएको भनिन्छ र उसलाई त्यतिखेर दिमागमा केही चीजले दबाब दियो होला । र, उसले म पैसा दिन्छु, यो बालुवा मलाई चाहिएको छ, यसको सट्टा यहीँबाट लिएर जाऊ भनी प्रलोभन दिलाएर तिनीहरूलाई पठाइदियो ।

र, उता तान्त्रिकको घरमा पुगेको बालुवा निश्चित दिनमा बन्नुपर्ने सुन बनेन । अनि तान्त्रिकले यस्तो पनि शास्त्र हुन्छ र भनेर मिल्काइदियो । उता साहूकहाँ बालुवा सुनको रूपमा परिणत भयो । उसले मसँग सुन छ भनेर त हिंडेन होला तर कालान्तरमा राज्यमा हाहाकार प¥यो वा कुनै किसिमको रोगव्याधिले छोयो, राज्य टाट पल्टेपछि उसले राजालाई सहयोग ग¥यो होला । अर्थात् ऋणमोचन गराइयो ।

ऋणमोचनको मतलब के हो भने राजालाई ऋण दिएर मुक्त गराउनु । जब ऋणमोचन गरियो, तब राजाले भने होलान् तिमी के माग्छौ रु पुरस्कार त दिनु प¥यो नि भनेर राघवदेवको पालामा ऋणमोचन गरेवापत आजैदेखि तिम्रो नामबाट नयाँ संवत सुरु गर्नू भनेको पनि हुन सक्छ ।

यसप्रकार यो संवत् एउटा कुनै राजाको नामबाट नचलाई एक सर्वसाधारण व्यक्तिबाट चलेको संवत् भएकोले, यो नेपाल अधिराज्यमा मात्र होइन कि यो राज्यले नचलाएको संवत्, राजाको नाम नगाँसिएको संवत् भएकोले यो संवतको त्यत्तिकै ऐतिहासिक महत्व छ ।

यो किंवदन्तीजस्तो पनि लाग्छ । किनभने, कतिपय कुराहरू अपत्यारिला छन् । तथापि, शंखधर साख्वा भन्ने व्यक्ति उपन्यासकार धुँस्वा सायमीका उपन्यासका काल्पनिक पात्र होइनन्, दौलतविक्रम बिष्टका उपन्यासका पात्र पनि होइनन् । यसको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ ।

स्पष्ट रूपमा शंखधरले ऋणमोचन गराएबापत काठमाडौंस्थित मरूगणेशको कंकेश्वर चिवहाःमा एउटा शिलालेख रहेको छ । त्यसबाट उनी कुनै उपन्यासकारका पात्र होइनन् भन्नेमा यथेष्ट प्रमाण पुग्छ । अर्को, पशुपतिको दक्षिणतर्फ रहेको उन्मत्त भैरवको छेउमा शंखधर साख्वाको शिलामूर्ति रहेको छ, जहाँ मल्लकालीन राजा, लिच्छवीकालीन राजा र शाहवंशीय राजाहरूको शिलामूर्तिहरू रहेका छन् । त्यहाँ शंखधर साख्वाको शिलामूर्ति हुनुको कारण अवश्य केही छ ।

अब उनी ब्राम्हण, क्षत्री, वैश्य, शुद्र हुन् कि नेवारै हुन् रु यो प्रश्न बेलाबेला उठाइन्छ । ऐतिहासिक पृष्ठभूमिले उनी नेवार हुनुको पर्याप्त आधार छ । उनको नामबाट आएको यो संवत् नेवारको संवत् हो भन्ने कुरोमा चाहिँ कदापि सहमत हुन सकिन्न । यो नेवारहरूको मात्र संवत हुँदै होइन, यो राज्यमा कुनै नेवार प्रधानमन्त्री भयो भन्दैमा यो नेवारको राज्य भन्न मिल्छ रु मरिचमान सिंह श्रेष्ठ पनि त प्रधानमन्त्री भए, के त्यसबेलाको शासनलाई नेवारको शासन भनियो ? सूर्यबहादुर थापा पनि प्रधानमन्त्री भए, के थापाको राज्य भनियो ?

त्यतिबेला एउटा नेवारले कुनै चलनचल्ती गराउनासाथ त्यो नेवारको मात्र हो भन्न मिल्दै मिल्दैन । यो त राष्ट्रले गौरव गर्ने कुरो पो हो । शंखधर साख्वा यस देशको नागरिक हुन् । उनी राजाका रैती हुन् । रैतीले चलाएको यो संवत् विश्वमै नौलो संवत् हो ।

भक्तपुरका राजा भुपतीन्द्र मल्लको समयमा लेखिएको शिलालेखमा स्पष्टसँग शंखधर साख्वाःलकृत नेपाल संवत्सरे भनेर उल्लेख गरिएको छ । कतिपय शिलालेखमा शाहवंशीय राजाहरूले समेत नेपाल संवत्लाई प्रयोग गरेको यथेष्ट रूपमा पाइन्छ । नेपालको इतिहासमा लामो समयसम्म सरकारी कामकाजमा प्रयोग भएको यो संवत् राणा प्रधानमन्त्री चन्द्रशम्शेरले नेपाल संवत्लाई विस्थापित गरी विक्रम संवत्लाई अंगालेका हुन् ।

ऐतिहासिक तथ्यहरूको खोजी जारी छ । यो प्रक्रिया निरन्तर चलिरहन्छ । तर, ऐतिहासिक तथ्यहरू प्राप्त हुँदाहुँदै पनि त्यसलाई लुकाउने प्रवृत्ति रहेका कारण धेरै समयपछि आएर नेपाल संवत्लाई राष्ट्रिय संवतको रूप र शंखधर साख्वाःलाई राष्ट्रिय विभूतिको रूपमा राज्यले स्वीकार्नु स्वागतयोग्य कार्य हो ।

नेपाल संवत् जनस्तरबाट स्थापना भएकोले त्यसबेला राज्यस्तरबाट त्यति साह्रो मान्यता पाएन कि रु आजसम्म यस संवत्को प्रयोगमा संवतको प्रकृतिको परिचय दिने खालको विशेषण जोडिएको पाइँदैन । यदि राजा महाराजाले चलाएको भए संवत्को अगाडि राजवर्ष विशेषणले सुशोभित हुन्थ्यो । यसको एउटा नमूना हेरौँ—

ने. सं. ५२४ ललितपुरस्थित सुन्धारामा अवस्थित धर्म मल्लद्वारा राखिएको शिलालेखमा यसरी उल्लेख गरिएको छ—
श्री कलिगत संवत् ४५०५
श्री विक्रमराज संवत् १४६७
श्री शकराज संवत् १३२६
श्री मन्त नेपालिक संवत् ५२४

नेपाल संवत् अगाडि कुनै विशेषण छैन, अन्य संवत्मा जस्तै बरू श्री मन्त नेपालीक संज्ञा रहेको छ । यसबाट यस संवत् जनस्तरबाट स्थापित र राष्ट्रको नाममा समर्पित रहेको स्पष्ट हुन्छ ।

उत्तरलिच्छवी कालको ललितपुरस्थित मंगलबजार जलद्रोणीमा रहेको अभिलेखमा नेपाल संवत् ८ उल्लेख छ । यही नै आजसम्म प्राप्त सबैभन्दा पुरानो प्रमाण हो ।

यो संवत् शाहकालीन अभिलेख कागजपत्रमा प्रयोग भएका पनि थुप्रै प्रमाण पाइन्छन्—
१. योगनरेन्द्र मल्ल (ने. सं) ८०८० ऐतिहासिक अभिलेख टिपोट (शंखधरले संवत् प्रचलनमा ल्याएको भन्ने प्रष्ट उल्लेख छ) ।
२. भूपतीन्द्र मल्ल (ने. सं) ८२७० अभिलेख (शिलापत्र) मा उल्लेख छ ।
३. भाषा वंशावली सन् १८८० (ने. सं. ९४५०) मा राजा राजेन्द्र वीर विक्रम शाहको पालामा पदम गिरी भन्ने व्यक्तिले बालुवामा सुन बोकेको भन्ने उल्लेख भएको पाइन्छ ।

शंखधर साख्वाजस्ता एउटा रैतीले चलाएको संवत्लाई राष्ट्रिय संवत् मानेर व्यावहारिक प्रचलनमा ल्याउनुपर्छ । कुनै आयातीत संवतमा रमाउनुभन्दा हाम्रो आफ्नै मौलिक संवत हुँदा अन्तर्राष्ट्रिय स्तरमै नेपालको एउटा गौरव झल्कन्छ ।


  •  
  •  
  •