हिसान नेतृत्वका लागि शर्मा, सिलवाल र ज्ञवाली भिड्दै

180
  •  
  •  
  •  

काठमाडौँ, ३१ बैशाख(ओएनएस) : निजी क्षेत्रका उच्च माध्यमिक विद्यालयहरुको संगठन हिसानको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै छ । यसअघि लामो समयदेखि नेतृत्वमा रहेका उमेश श्रेष्ठले यसपटक नेतृत्व हस्तान्तरण गर्ने भएका छन् ।

नयाँ नेतृत्वका लागि निस्ट कलेजका सञ्चालक प्रा. डा. माधव शर्मा, गोल्डेन गेटका रमेश सिलवाल र युनिभर्सल कलेजका शिवदत्त ज्ञवाली चर्चामा छन् । उनीहरुको बीचमा सहमतिको प्रयास भइरहेको र ४ बजेसम्म सहमति नभए मतदानमा जाने तयारीमा रहेको आयोजकमध्येका एक सदस्यले जानकारी दिए ।

राजधानीको थापाथलीस्थित ट्रेड टावरमा हिसानको सातौँ महाधिवेशन बिहीबारदेखि काठमाडौँमा जारी छ ।


  •  
  •  
  •