बाबुरामको नयाँ शक्तिमा हिसिला पनि

101
  •  
  •  
  •  

काठमाडौँ, २४ माघ(ओएनएस) : नयाँ शक्ति अभियान, नेपालको केन्द्रीय अन्तरिम परिषद्मा संयोजक बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले पनि स्थान पाएकी छिन् ।

केन्द्रीय अन्तरिम परिषद् तेस्रो पटक बिस्तार गर्ने क्रममा सूचीमा उनको नाम राखिएको हो । यसअघि दुईपटकसम्म गरिएको बिस्तारका क्रममा यमीले परिषद्मा उनको नाम समावेश गरिएको थिएन ।

आइतबार सम्पन्न केन्द्रीय अन्तरिम परिषद्को दुई दिने बैठकले २ सय ४४ जनाको परिषद् बिस्तार गरेको छ । यसमा २ सय ४० औँ स्थानमा यमीको नाम परेको छ । तेस्रो पटक गरिएको बिस्तारका क्रममा पूर्व महान्याधिवक्ता मुक्ति प्रधान, शान्तिकुमार तिमिल्सना, गोरखाका पूर्व एमाओवादी सांसद ज्ञानेन्द्र कुमाललगायतका थपिएका छन् ।


  •  
  •  
  •