४६ वर्ष पुगे ऋतिक रोशन

62
  •  
  •  
  •  

एजेन्सी । १९७४ जनवरी १० मा जन्मिएका बलिउड सुपरस्टार ऋतिक रोशन शुक्रबारबाट ४६ वर्ष पुगेका छन् ।
ऋतिकले ६ वर्षको उमेरदेखि आफ्नो अभिनय करिअर शुरु गरेका थिए ।

जसमा उनले स्वर्गीय अभिनेत्री श्रीदेवी र साउथका सुपरस्टार रजनीकान्तको छोराको भूमिका निभाएका थिए ।
उनी आफ्नो अभिनय र नृत्यको दमले बलिउडका ठूला स्टार भएका छन् ।

ऋतिक रोशनको वास्तविक नाम ऋतिक राकेश नागरथ हो ।  राकेश उनका पिता र नागरथ उनको हजरबुबाको नाम हो ।
संगीत परिवारमा जन्मिएका थिए । उनले ‘जिन्दगी ना मिलेगी दुबारा’ र ‘गुजारिश’ जस्तो फिल्ममा गीत समेत गाएका छन् ।

ऋतिक रोशनले आफ्नो पहिलो फिल्म ‘कहो न प्यार है’ पछि आफ्नो फस्ट लभ सुजेन खानसँग सन् २००० मा विवाह गरेका थिए ।

तर पछि १४ वर्ष लामो वैवाहिक जीवन टुंगियो । सन् २०१४ मा उनीहरुको डिभोर्स भएको थियो । यी दुईको दुई छोरा छन् । ऋतिक र सुजेनको डिभोर्स भए पनि छोेराका लागि भने उनीहरु सधैं समय निकाल्ने गर्दछन् ।

मुम्बई मिररको रिपोर्ट अनुसार, ऋतिकले आफूलाई विवाहका लागि ३० हजार प्रस्ताव आएको खुलासा गरेका थिए । तर, उनले सुजेनसँग विवाह गरे ।

उनले आफ्नो करिअरमा कयैन् सुपरहिट फिल्म दिएका छन् । गएको वर्ष उनका लागि निकै सानदार रह्यो । एशियाको ‘मोस्ट ह्यान्डसम म्यान’ को अवार्डसँगै उनका दुई फिल्म ‘वार’ र ‘सुपर ३०’ सुपरहिट भयो ।


  •  
  •  
  •