ऋतिकसँग ३ सय ८० करोड लिइन सुजैनले

220
  •  
  •  
  •  

काठमाडौं, १४ साउन (एजेन्सी) : बलिउड अभिनेता ऋतिक रोशनसँग तीन सय ८० करोड भारु लिएर सुजैन खानले सम्बन्ध विच्छेद गरेकी छन्। ऋतिकसँग १३ वर्षको नातासम्बन्ध टुटाउदै सुजैनले सम्बन्ध विच्छेद गरेकी हुन। यो समाचार आएसँगै बलिउडमा सनसनी मच्‍चाएको छ।
सैनुजले ऋतिकसँग जोडेर लेख्‍दै आएको सरनाम समेत हटाएकी छन्। सुजैनले आजभोली हस्ताक्षर गर्ने काममा सुजैन खान मात्र लेख्‍ने गरेकी छन। अब उनी आफ्नो पहिलाकै पहिचानमा रम्‍न चाहन्छिन।

सुजैनले सन २०१३को अन्‍त्‍यतिर ऋतिकसँग छुट्टिएर अलग्गै बस्ने निर्णय लिएकी थिइन। पछिल्‍लो समय ऋितिक र सुजैन दुवै जना मु‌बइको ब्रांदा अदालतमा सम्बन्ध विच्‍छेदको निवेदन दर्ता गरेका छन्। उनीहरुको मुद्दाको सुनुवाई आउँदो अक्टुबर महिनादेखि सुरु हुने बताइएको छ।बलिउडमा धेरै जोडीको सम्बन्ध विच्‍छेद भइसकेको अवस्थामा ऋतिक रोशनसँग पनि यो समय आइलागेको छ । करीब १३ वर्षको पतिपत्‍नीको सम्‍बन्धलाई टुटाइ सकेका छन।

तर कहिले काही यस्तो दिन पनि आउँछ की उनीहरु एक ठाउँमा नजिक हुन बाध्‍य हुन्छन। त्यो दिन हो उनीहरुबाट जन्मिएको सन्तान। उनीहरु दुवै जनालाई सन्तानको मायाले जनानीनजानी एक ठाउँमा ल्याइदिने गर्छ। पछिल्‍लो समय ऋतिक र सुजैन छोराको जन्मदिनको बहानामा एक ठाउँ देखिन्छन। आफ्नो छोराको लागि एक पार्टीमा आएकाउनीहरु केही समयका लागि भए पनि नजिकिन्छन र फेरि छुट्छन। समाचारमा बताइएअनुसार मुंबइको वर्सोवा गार्डेनमा एक पार्टीको आयोजना गरिएको थियो।सुजैन खानले दिएको उक्त पार्टीमा ऋतिकलाई विशेष पाहुनाको रुपमा आमन्त्रण गरिएको थियो। पार्टीमा सहभागी हुन आएका ऋतिकले केही समय एक ठाउँमा देखिए। यस्तै उनीहरुको आफ्नो बच्चाको स्कूलको कार्यक्रममा पनि एक ठाउँमा देखिएका थिए।


  •  
  •  
  •