६ किलोको दुर्लभ हिप्पोपोटामस जन्मियो…(तस्विरसहित)

81
  •  
  •  
  •  

काठमाडौ, २२ भदौ (एजेन्सी) : स्विडेनको एक चिडियाखानामा एक हिप्पोपोटामस जन्मिएको छ । निकै दुर्लभ मानिएको हिप्पोपोटामसबाट एउटा सानो हिप्पोपोटामस जन्मिएको स्विडेनको पार्केन चिडियाखानाले जनाएको छ ।

चिडियाखानाले उक्त हिप्पोपोटामसको तस्विरहरू सार्वजनिक गरेको छ । हिप्पोपोटामस जसलाई ओलिभियाको नाम दिइएको छ, उसको जन्मदाको तौल ६ किलोग्राम भएको बताइएको छ । ओलिभियालाई क्राकुनियाले जन्म दिएकी हुन् । एक पत्रिकाका लागि कुरा गर्दै पार्केन चिडियाखानाका पशुविज्ञ जेन्नी वेष्टान्डरले ओलिभिया निकै राम्रो भएको प्रतिक्रिया दिँदै ओलिभिया इन्टरनेशनल ब्रिडिङ प्रोग्राम अन्तर्गत जन्मिएको बताएका छन् । ओलिभियालाई दुई वर्ष आमा क्राकुनियासँग राखेर त्यसपछि युरोपको अर्को चिडियाखानामा पठाइने उनको भनाई छ ।

हिप्पोपोटामस निकै दुर्लभ जनावर हो, यसको मुख्य बासस्थान पश्चिम अफ्रिका हो ।

hippopotamus born in Parken Zoo2 hippopotamus born in Parken Zoo1 hippopotamus born in Parken Zoo


  •  
  •  
  •