हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु

393
  •  
  •  
  •  

मेक्सिको : मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको ज्यान गएको छ ।

यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

त्यसैगरी मोन्टेरे शहरमा लागूऔषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शंकास्पद लागूऔषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षाकर्मीले पुष्टि गरेको छ ।


  •  
  •  
  •