महिलाविरुद्धको हिंसा रोक्न एकतावद्ध हुनुपर्ने

679
  •  
  •  
  •  

काठमाडौं, २२ असाेज (एजेन्सी) : महिला तथा बालबालिकाविरुद्ध हिंसा, बलात्कार र यौनजन्य क्रियाकलाप न्यूनीकरण गर्नका लागि सबै एकतावद्ध हुनुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन ।

अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आज आयोजना गरेको महिला हिंसा कारण र समाधान विषयक अन्तरक्रियामा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाहरु न्यूनीकरण गर्न एकतावद्ध हुनुपर्नेमा जोड दिएका हुन ।

मानव अधिकारकर्मी गौरी प्रधानले महिला विरुद्धको हिंसा, स्थिति, कारण र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समयमा महिलाविरुद्धका हिंसाहरु बढ्दै गएको हुँदा न्यूनीकरण गरेर अगाडि बढनुपर्नेमा जोड दिइन् ।
नेपाल प्रहरीको आर्थिक वर्ष २०७४/०७५ मा बलात्कारका घटना एकहजार ४८३, बलात्कार गर्न खोजिएको ७२७, बेचबिखन ३०८, गर्भपतन १८, बहु विवाह ६०२, वाल विवाह ६२, घरेलु हिंसा १२ हजार २२५ र बोक्सीको आरोपमा ४८ घटना भएका छन् । यसरी यो तथ्याङकलाई हेर्दा घरेलु हिंसापछि बलात्कारका घटना बढी देखिएको कार्यपत्रमा उल्लेख छ ।

प्राध्यापाक संघका उपाध्यक्ष यादवप्रसाद लामिछानेले महिलाहिंसाका घटनाहरु न्यूनीकरण गर्नका लागि स्थाीयस्तरमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चान गर्नुपर्नेमा जोड दिइन् ।

संघका अध्यक्ष गोमा देवकोटाले महिला हिंसा रोक्न सरकारी र गैरसरकारी सबै निकायहरु एकजुट हुनुपर्नेमा जरुरी भएको र सहकार्यबाट मात्र सभ्य समाज बनाउन सकिने बताए ।

अनेमसंघ क्रान्तिकारीका अध्यक्ष अमृता थापामगरले महिला हिंसा कम गर्नका लागि महिला पुरुष स्थानीयस्तरदेखि नै एकजुट भएर काम गर्नुपर्ने र त्यसका लागि सहकार्य गर्न आफू सदा तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा सहभागिहरुले महिला तथा बालिकाहिंसाबारे समाजमा उचित शिक्षा दिनुपर्ने र त्यस्ता कार्य रोक्नका लागि आ आफ्नो ठाउँबाट पहल गर्नुपर्ने सुझाव राखेका थिए ।


  •  
  •  
  •