हिंसात्मक अपराध नियन्त्रण गर्न सरकार सफल : गृहमन्त्री

499
  •  
  •  
  •  

विराटनगर, १२ वैशाख(ओएनएस) : गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक अपराध नियन्त्रण गर्न सरकारले सफलता प्राप्त गरिरहेको दाबी गरेका छन् ।

एक नम्बर प्रदेश स्तरिय सुरक्षा गोष्ठिमा सहभागी हुन विराटनगर आएका थापाले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै भूमिगत राजनीतिक गतिविधिको आवरणमा हुँदै आएका आपराधिक र ध्वंसात्मक गतिविधिहरु नियन्त्रण गर्न सरकार सफल भएको बताए ।

चुनौती बनिरहेको सामाजिक अपराध नियन्त्रण गर्न सरकारले विशेष अभियान चलाउने बताए । गृहमन्त्री थापाले हिंसात्मक गतिविधिहरु गरेकोले विप्लव समूहरुलाई नियन्त्रण गर्न सरकार बाध्य भएको बताए ।

विप्लव समूह हिंसा रोकेर आए राजनैतिक रुपले वार्ता गर्न सरकार तयार रहेको उनको भनाइ छ । त्यस्तै गृहमन्त्री थापाले पार्टी एकताले भद्रगोल अवस्थालाई अन्त्य गरेर पार्टीलाई बलियो बनाएको दाबी गरे ।

दोहोरो जिम्मेवारी पाएका र घटुवा बढुवामा परेकाहरुको हकमा पुनः छलफल गरेर समस्या समाधान गर्न सकिने आधार खुल्ला भएको उनको भनाइ छ ।


  •  
  •  
  •