हिन्दू राष्ट्रको माग गर्दै राप्रपा आन्दोलनमा

548
  •  
  •  
  •  

काठमाडौं, १७ चैत(ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएको छ । आन्दोलनका कार्यक्रम अन्र्तगत आइतबार राप्रपाले ७७ वटै जिल्लामा एकैसाथ हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गर्दैछ ।

काठमाडौंको बसन्तपुरमा दिउँसो राप्रपाले हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको छ । पार्टी अध्यक्ष कमल थापा भने हेटौंडाबाट हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । सोमबारवाट स्थानीय तहमा हस्ताक्षर संकलन गर्ने राप्रपाको कार्यक्रम छ ।
२५ गते ७७ जिल्ला सदरमुकाम, सातवटै प्रदेश र सिंहदरबारमा १ घण्टा धर्ना दिने कार्यक्रम पनि राप्रपाले सार्वजनिक गरिसकेको छ । जिल्ला तहका कार्यक्रम सकिएपछि राजधानी केन्द्रित कार्यक्रम गर्ने योजना छ ।


  •  
  •  
  •