पाकिस्तानमा ७९ वर्ष पुरानो हिन्दु मन्दिर भत्काइँदै

59
  •  
  •  
  •  

valmiki-mandir-in-rawalpindiकाठमाडौ, १२ भदौ(एजेन्सी) : मुस्लिम देश पाकिस्तानमा करिब ७९ वर्ष पुरानो हिन्दु मन्दिर भत्काइने भएको छ । शैक्षिक र हाउजिङ्ग कम्प्लेक्स निर्माण गर्नका लागि पाकिस्तानको रावलपिण्डीमा रहेको ७९ वर्ष पुरानो महर्षी वाल्मिकी स्वामीजी मन्दिर भत्काइन लागेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हिन्दु बस्ति रहेको उक्त क्षेत्रमा मन्दिर सहित कयौ हिन्दुका घरहरू समेत भत्काइने भएको छ । उक्त क्षेत्रमा दशकौ देखि हिन्दुहरू क्रिश्चियन र मुस्लिमसँग मिलेर बस्दै आएका थिए ।

वाल्मिकी मन्दिर सन् १९३५ मा निर्माण गरिएको थियो । मन्दिरमा विभिन्न चाडपर्वका बेलामा हिन्दु धर्मालम्बीहरू भेला भएर एकसाथ चाडपर्व मनाउने गर्दै आएका थिए । गत अगस्त १२ मा सो क्षेत्रको ब्लक नम्बर १४१, ग्रेसी लाइन्स, चक्लालालाई १० दिन भित्र खाली गर्न सूचना समेत जारी गरिएको थियो ।

यस निर्णय विरूद्ध त्यहाँ रहेका हिन्दूहरूले त्यहाँको अदालतमा निवेदन दिएका थिए । अदालतले पनि उक्त निर्णयलाई अगस्त २१ सम्म स्थगित गर्न आदेश दिएको थियो । तर, उक्त क्षेत्रमा शैक्षिक र हाउजिङ्ग कम्प्लेक्सका लागि भवन निर्माण गर्न मन्दिर सहित आवास भवनहरू भत्काउन पाउने भएपछि त्यहाँ रहेका हिन्दुहरूले सेप्टेम्बर १३ सम्ममा खाली गर्नुपर्ने भएको छ ।

पाकिस्तानी अधिकारीहरूले विस्थापित भएका हिन्दुहरू बस्ने स्थानमा नै अर्को मन्दिर निर्माण गरिदिने आश्वासन दिएका छन् । उनीहरूले यसका लागि करिब २ मिलियनसम्म खर्च गर्ने बताएको हिन्दु समाजका एक सदस्य अशोक चन्दले बताएका छन् ।

पाकिस्तान मुस्लिम लिग-नवाजका एक सदस्य इस्फान्यार एम बान्डराले उक्त क्षेत्र गरिब हिन्दुहरूको बस्ति भएको र मन्दिर उनीहरुले पूजा गर्न एक मात्र स्थान भएको बताउँदै उनीहरूलाई यसरी विस्थापित गर्न नहुने समेत बताए । उनले ८२ वर्षदेखि बस्दै आएका मानिसलाई यसरी लखेट्न नहुने उनको भनाई थियो ।


  •  
  •  
  •