अमेरिकाको न्युजर्सीमा सबैभन्दा ठूलो हिन्दु मन्दिर…(तस्विरसहित)

138
  •  
  •  
  •  

काठमाडौ, २६ असोज (एजेन्सी) : न्युजर्सीको रोबिन्सविलेमा अवस्थित स्वामीनारायण समुदायमा एक हिन्दु मन्दिर निर्माण गरिएको छ । विश्वकै ठूलो हिन्दु मन्दिर भनेर प्रचार गरिएको उक्त मन्दिरको निर्माण बोचासनबासी अक्षर पुरूषोत्तम स्वामीनारायण संस्थाले गरेको हो ।

लगभग १ सय ६२ एकड जमिनमा निर्माण गरिएको उक्त मन्दिरको कलाकृतिमा प्राचिन हिन्दु संस्कृतिको दर्शन उतारिएको छ । न्युजर्सी हिन्दुहरूको बाहुल्य रहेको स्थान हो । मन्दिर १ सय ३४ फिट लम्बाई र ८७ फिट चौडाईको रहेको छ । यसमा १ सय ८ वटा खम्बा रहेका छन् । यस मन्दिरको निर्माण शिल्पशास्त्रका अनुसार बनाइएको बताइएको छ । यो मन्दिरमा गत अगस्त १० देखी पूजापाठ सुरू गरिएको थियो र अहिले यो मन्दिर साधारण हिन्दु धर्मालम्बीका लागि समेत पूजापाठका लागि खोलिएको थियो ।

१.८ करोड अमेरिकी डलर (१ सय ७२ करोड रूपैयाँ)को लागतमा निर्माण भएको उक्त मन्दिरमा ६८ हजार क्युबिक फिट इटलियन मार्बल प्रयोग गरिएको छ । श्री स्वामीनारायण मन्दिरको कलात्मक डिजाईनका लागि १३ हजार ४ सय ९९ ढुंगाको प्रयोग गरिएको छ । ढुंगामा नक्शा निर्माण गर्ने कार्य भारतमा नै गरिएको बताइएको छ ।

अमेरिकी पत्रकार स्टीव ट्रेडरले बीएपीएस श्री स्वामीनारायण मन्दिरको दर्शन गरेर न्युजवर्क्स वेबसाइटमा लेखेका छन्, ‘मन्दिरमा प्रवेश गरेपछि अद्भुत कलाकृतिबाट आँखा हटाउन निकै मुस्किल छ । यसका साथै मन्दिरको भित्री डिजाइन जस्तै बाहिरी डिजाइन समेत निकै राम्रोसँग निर्माण गरिएको छ । यो मन्दिर १ हजार वर्षसम्म केही हुँदैन ।’

hindu temple in new jersey hindu temple in new jersey1 hindu temple in new jersey2 hindu temple in new jersey3 hindu temple in new jersey4 hindu temple in new jersey5


  •  
  •  
  •