हिन्दु राष्ट्रका पक्षमा नागरिक सभा

226
  •  
  •  
  •  

काठमाडौं १८ मंसिर ।
नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्न माग राखेर नेपाली कांग्रेस र एमालेका केही नेता सडकमा उत्रिने भएका छन्। यसका लागि उनीहरूले शुक्रबार राजधानीमा नागरिक सभा आयोजना गरेका छन्। सभामा कांग्रेसका नेता खुमबहादुर खड्का, एमालेका नेता मोदनाथ प्रश्रितले पनि सम्बोधन गर्ने संयोजक हरिबोल भट्टाराईले जानकारी दिए।

सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समितिका संयोजकसमेत रहेका भट्टराईले बुधबार पत्रकार सम्मेलन गरी अब हिन्दु राष्ट्र नेपालका लागि आफूहरूले अभियान सुरु गरेको जानकारी दिए। उनले सडक आन्दोलनको सुरुआत शुक्रबार काठमाडौंबाट गर्ने बताए।

आफूहरूको अभियान कुनै राजनीतिक नरहेको र राजतन्त्र पुनस्थापनाको माग पनि नभएको उनले जानकारी दिए। ुहामी त्यस विषयमा प्रवेश गर्दैनौं, त्यो राजनीतिक विषय हो। सनातन हिन्दु राष्ट्रको मात्र कुरा गरेका हौुं, भट्टराईले भने।

यसैबीच राजासहितको सनातन हिन्दु राष्ट्रको माग गर्दै आएको राप्रपा नेपालले आफ्नो पक्षमा जनमत जुटाउन मेची(महाकाली यात्राको तयारी तीव्र बनाएको छ। पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रथयात्रा व्यवस्थापनका लागि २२ वटा उपसमिति गठन गरेको छ।

गठित समितिहरूमा समान विचारधारा संघसंस्था समन्वय समिति, रथ निर्माण समिति, आवास व्यवस्थापन समिति, भोजन व्यवस्था समिति, अर्थ संकलन समिति, सभा सञ्चालन समिति, धार्मिक अनुष्ठान सञ्चालन समिति, प्रचार सामग्री उत्पादन तथा वितरण, झाँकी निर्माण समिति, ट्राफिक व्यवस्थापन समिति छन्।

त्यसैगरी उपत्यका परिचालन तथा संकल्प सभा समिति, सांस्कृतिक तथा भजन व्यवस्थापन समिति, सञ्चारमाध्यम समन्वय समिति, बन्दोबस्ती व्यवस्थापन समिति, यात्रा व्यवस्थापन तथा सुरक्षा समिति, बाह्य जिल्ला परिचालन समिति, सामाजिक सञ्जाल परिचालन समिति, आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समिति, कलशयात्रा व्यवस्थापन समिति, स्वयंसेवक एवं युवा परिचालन समिति, बौद्ध धर्म समन्वय समिति र किँरात धर्म समन्वय समिति गठन भएका छन्।

पार्टीले पुस ९ गते झापाबाट रथयात्रा सुरु गरी महाकाली पुग्ने र त्यहाँबाट काठमाडौं आएर पुस १७ गते समापन गर्ने कार्यक्रम तय गरेको छ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •