तीन खानलाई पत्नीसँगको प्रेम साँचो भए धर्म परिवर्तन गर्न चुनौती

135
  •  
  •  
  •  

aamir shahrukh and saifकाठमाडौ, माघ / हिन्दू महासभाले तीन खानलाई आफ्नो पत्नीलाई माया गर्ने भए धर्म परिवर्तन गरेर देखाउन चुनौती दिएका छन् । तीन खान अमिर खान, शाहरूख खान र सैफ अली खानलाई हिन्दू महासभाले आफ्नो पत्नीको धर्म मान्नका लागि धर्म परिवर्तन गर्न चुनौती दिएका हुन् ।

महासभाले यी तीन सुपरस्टारहरूलाई यदी यी तीनको प्रेम साँचो छ भने उनीहरू हिन्दू बनुन् । त्यसपछि मात्र थाहा हुन्छ की उनीहरू आफ्ना पत्नीहरुलाई साँचो प्रेम गर्छन्, यदी होइन भने उनीहरूको प्रेम जेहादको एक हिस्सा मात्र भएको मानिने छ ।

एक अखबारको रिपोर्टका अनुसार हिन्दू महासभाले तीन खानलाई ‘घरवापसी’ कार्यक्रम आयोजना गर्नका लागि तयार भएको बताएका छन् । हिन्दू महासभाका राष्ट्रिय महासचिव र ‘हिन्दू सभा वार्ता’को सम्पादक मुन्ना कुमार शर्माले ‘लभ जेहाद’ हिन्दू विरोधी मुद्धा भएको बताएका छन् । यसमा अनपढ मुस्लिमदेखी पढेका मुस्लिमहरू पनि समिम्लित छन् ।

मुन्ना कुमारले शर्मिला टैगोर, करीना कपूर, गौरी छिब्बर, रीना दत्त, किरण रावलाई प्रेमजालमा फसाएर स्लाम अपनाउन मजबुर गरिएको आरोप लगाएका छन् । जब हिन्दू युवती मुस्लिम युवकसँग विवाह गर्छन् तब उनीहरुलाई इस्लाम धर्म पालना गर्नु पर्छ र उनीहरूका सन्तान पनि मुस्लिम हुन्छन् ।


  •  
  •  
  •