हिन्दु राष्ट्र कायम गर्न माग राख्दै ७२ घण्टे सत्याग्रह

87
  •  
  •  
  •  

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकाका आइतबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह शुरु गरेका हुन् ।

हिन्दु राष्ट्र पुनस्र्थापना र नेपालको निकास तथा विकासका लागि सत्याग्रह थालिएको आयोजकले बताएका छन् ।
भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औंल्याउँदै सचेत रहन सरकारलाई दवाव दिन पनि सो सत्याग्रह शुरु गर्नु परेको आयोजकको भनाइ छ ।

सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आवद्ध अगुवाहरुको सहभागिता रहेको छ ।


  •  
  •  
  •