सगरमाथा आधार शिविरमा छायांकन गरिएको हिन्दी टेलिशृंखला आज देखि

290
  •  
  •  
  •  

काठमाडौं, १७ कात्तिक (ओएनएस): नेपालको लुक्ला र सगरमाथा आधार विविरमा सुटिङ गरिएको हिन्दी टेलिशृंला एभरेस्ट सोमवारदेखि प्रसारण हुने भएको छ ।

स्टार प्लसबाट प्रसारण हुने सो टेलिचलचित्रको आशुतोष गोवारिकरले निर्माण गरेका हुन् ।

everest-serialटेलिचलचित्रमा बुवाबाट अपहेलित एक छोरी अन्जलीले बुवाको माया पाउन सगरमाथा चढ्ने लक्ष्य राखेकीछिन् ।
यसका केही अंश भारतकै ३ हजार ७ सय मिटर उचाइमा रहेको डोक्रियानी ग्लेसियरमा पनि खिचिएको बताइएको  छ ।

गोवारिकरको यो पहिलो टेलिभिजन प्रोडक्सन हो । यो टेलिचलचित्रमा एआर रहमानले  संगित दिएका छन् । सोमवारदेखि शुक्रवारसम्म रात पौने दश बजे प्रसारण हुने बताइएको छ ।


  •  
  •  
  •