भारत युद्धमा २० दिनभन्दा बढि टिक्न नसक्ने

89
  •  
  •  
  •  

indian-armyकाठमाडौ, ९ भदौ (एजेन्सी) : पाकिस्तानसँग जोडिएको भारतीय सिमामा लगातार गोलाबारी भइरहेको समाचारहरू आइरहेको छ । आईतबार राती जम्मूको चार सेक्टरमा बीएसएफको ३५ चौकीमा हमला गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यदी यो युद्धको अवस्था जारी रहे भारतलाई संकट पर्ने देखिएको छ । एक अंग्रेजी अखबारलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार यदी सीमामा युद्ध भइरहे भारतको गोलाबारूद मात्र २० दिनमा सकिने छ ।

किन भयो यस्तो कमी ?
प्रतिवेदनका अनुसार सरकारले यस स्थितिबारे पुर्ण जानकार छ, तर गोला बारूदको कमी पछिल्लो ६ महिनादेखि हुँदै आएको छ । ३९ वटा अर्डिनेन्स फ्याक्ट्रीले गोला बारूदको उत्पादन निकै कमी गरेका कारण यस्तो स्थिति पैदा भएको हो । स्रोतहरूका अनुसार ट्याङ्क, एयर डिफेन्स, एन्टी-ट्याङ्क गाइडेड मिसाइल, स्पेशलाइज्ड मेशिन गन म्याजागिन्स, ग्रिनेड र माइन फ्युज जस्ता चीजहरूको उत्पादनमा कमी आएको छ । यदी युद्ध सुरू भए, केही चीज त एक हप्तामा नै सकिनेछ ।

देशसँग ४० दिनको युद्धका लागि हतियारको भण्डारन हुनुपर्ने बताइन्छ । ३० दिन गहन युद्ध र ३० दिन सामान्य युद्धका लागि हतियार हुनु आवश्यक हुन्छ । ३ दिन सामान्य युद्ध भनेको १ दिन गहन युद्ध हो । यस हिसाबले ४० दिन गहन युद्ध गर्नका लागि हतियार हुनु आवश्यक छ । भारतीय सेनाका अनुसार भारतले २०१९ सम्म मात्र भारतलाई ४० दिनका लागि युद्धको हतियार पुग्ने गरि निर्माण गर्न सकिन्छ । यसले ९७ हजार करोडको बजेट चाहिने बताइएको छ ।


  •  
  •  
  •