बैंकको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालिन एपेक्स बैंकका अध्यक्ष सहित तेह्र जना पक्राउँ

408
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : एपेक्स बैँकका तत्कालित अध्यक्ष सहित बैँकका १३ जना कर्मचारीले डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेकाे आरोपमा सिआइबीले उनीहरुलार्इ पक्राउ गरेको छ।

एपेक्स डेभलपमेन्ट बैँक नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड(एनसीसी) सँग मर्ज हुनु भन्दा अगावै उनीहरुले बैँककाे रकम हिनामिना गरेका थिए।

एपेक्स बैँकले एनसीसी बैँकसँग २०७२ साल मंसिर ११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरेको थियो।
सोही मर्जरको फाइदा उठाउदै तत्कालिन एपेक्स बैँकका बोर्ड मेम्बर तथा कर्मचारीहरु अनियमित प्रक्रियाबाट तत्कालिन समयमा कर्जा प्रवाह गरेका थिए।

अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गर्दा बैकको एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैया हानी नोक्सानी भएको सिआइबीकाे ठहर गरेको छ। सिआइबीद्धारा खटिएको टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैँकका तत्कालिन अध्यक्ष विष्णु प्रसाद धिताल र संचालकहरु ईच्छा बहादुर गुरुङ,सुवर्ण राज भण्डारी, मधुवन लाल श्रेष्ठ रहेका छन्।

त्यस्तै पक्राउ पर्नेमा बैँकका तत्कालिन कर्मचारीहरु निमित्त कार्यकारी अधिकृत ऋषी राज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गा दत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला र शाखा प्रबन्धकहरु बिकास श्रेष्ठ, ,सागर नेउपाने तथा मानबहादुर राउत रहेका छन्।

त्यस्तै पक्राउ पर्नेमा सहायक महाप्रबन्धक विनित मणि उपाध्याय तथा कर्जा अधिकृत मोहन खरेल र सुदिप थापा रहेका छन्।

उनीहरु कमशल धितो भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको, कृतिम ऋणीहरु खडा गरी ऋण प्रवाह गरको लगायत विभिन्न अनियमितता गरेकोे आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिआईबी पीलर दुइका डिएसपी श्याम ओलियाले बताए। उनले पक्राउ परेका सबै जनाविरुद्ध बैंकिङ्ग कसुर ऐन अनुसार कारवाही हुने बताए।


  •  
  •  
  •