हिम्सको विजयी सुरुआत

356
  •  
  •  
  •  

काठमाडौं, २४ जेठ (ओएनएस) : आयोजक हिमालयन इन्टरनेसनल मोडेल हायर सेकेण्डरी स्कुल (हिम्स), नारायणटारले सातौं हिम्स अन्तरस्कुल बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार विजयी सुरुआत गरेको छ ।

हिम्सले कुमारी बोर्डिङ स्कुललाई ३१–८ ले सहजै पराजित ग¥यो । हिम्सको जितमा नाम्घाङ दार्जेले १५ अंक योगदान गरे । ब्वाइजमै ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) र साम्बोट्टाले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।

टीआईएले माउन्ट ग्लोरीलाई ३७–३४ ले हरायो । विजेताका दीपेश पुनले १९ अंक जोडे । साम्बोट्टाले रोडोडेन्ड्रोन इन्टरनेसनल बोर्डिङ स्कुल (रिब्स) लाई ३७–१० ले पराजित ग¥यो । साम्बोट्टाका भूवनले १८ स्कोर गरे ।
गल्र्समा नितेन मेमोरियल स्कुल (निम्स), श्रीदिवा, इनोभे

टिभ र भ्याली पब्लिक विजयी भए । निम्सले बाबा बोर्डिङ हाइ स्कुललाई २२–६ ले निराश पा¥यो । निम्सकी सिर्जना खड्काले १४ अंक जोडिन् । श्रीदिवाले हिम्सको चुनौती २१–४ ले पन्छायो । श्रीदिवाकी अनिशा राईले ९ अंक बटुलिन् । यशोदा बुढाथोकीको १७ अंक सहयोगमा इनोभेटिभले साइपाल एकेडेमीलाई १३–४ ले पन्छायो । टीआईएविरुद्धको खेलमा भ्याली पब्लिक ३०–५ ले विजयी भयो । भ्याली पब्लिककी मीना गुरुङले १० जोडिन् ।

प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा ८ टिम सहभागी छन् । उता हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए) तेस्रो डिन उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

नरेफाँटस्थित नेपाल सेन्ट्रल हाइ स्कुलको कोर्टमा भएको सेमिफाइनलमा एचएचसीएले काठमाडौं भ्याली स्कुललाई ३०–१६ ले पराजित ग¥यो । विजयी टिमका लागि सुशीला तामाङले २० अंक जोडिन् । न्यू भिजनले एन्जल लर्डलाई २१–१५ ले हरायो ।

न्यू भिजनको जितमा सलिना थापाले १६ अंक योगदान गरिन् । डाइनामिक एजुकेसनल एक्टिभिटिज एसोसिएसन नेपाल (डिन) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजतर्फ काठमाडौं भ्याली र ग्रिनल्यान्ड उपाधिका लागि भिड्ने छन् । काठमाडौं भ्यालीले एन्जल लर्डमाथि ५४–४० को जित निकाल्यो । काठमाडौं भ्यालीका लक्ष्मण राउतले २८ स्कोर गरे ।

आलोक लम्सालको १८ अंक सहयोगमा ग्रिनल्यान्डले नेरिक एकेडेमीलाई ५९–४१ ले पाखा लगायो । फाइनल शनिबार हुने आयोजकले जनाएको छ ।


  •  
  •  
  •