काठमाडौं उपत्यकामा हिमपात(फोटो फिचर)

67
  •  
  •  
  •  

काठमाडौं, १६ फागुन(ओएनएस) : करिब १२ वर्षपछि बिहीबार काठमाडौं उपत्यकामा हिमपात भएको छ । वर्षासँगै काठमाडौंको साँखु, जोरपाटी, लगायतका क्षेत्रमा हिमपात भएको हो ।

यसअघि आसपासका पहाडी क्षेत्रमा हिउँ पर्ने गरेपनि उपत्यकामै भने हिउ परेको थिएन । ललितपुरको गोदावरी, धापाखेल र भक्तपुरको दुवाकोट, वालकोट र आसपासको क्षेत्रमा पनि हिउँ परेको छ ।

काठमाडौं आसपासका चन्दागिरि, फुल्चोकी, नगरकोट, दामन लगायतका क्षेत्र पनि हिमपातसँगै सेताम्यै भएका छन् ।

मकवानपुरको दामन, धादिङका विभिन्न ठाँउ र काभ्रेको बनेपा र धुलिखेल लगायतका क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको छ ।

हिमाली क्षेत्रसँगै उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभाव सक्रिय भएकाले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको र पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


  •  
  •  
  •