केहि स्थानमा वर्षा र हिमपात

108
  •  
  •  
  •  

बाजुराको गौमुल गाउँपालिका–१ अम्लिसमा सोमबार परेको हिमपात । हिमपातले जनजीवन प्रभावित भएको छ । तस्बिरः रमित वि.क

काठमाडौं । मुलुकका अधिकांस स्थानमा आज आंशिक बदली भएको छ । न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकभरको मौसम बदली भएको हो ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा समान्य बदलीहुँदा ति भेगमा छिटपुट वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि छिटपुट वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना छ भने हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


  •  
  •  
  •