हिमपातका कारण मनाङको जनजीवन कष्टकर

42
  •  
  •  
  •  

लमजुङ । भारी हिमपातका कारण मनाङको जनजीवन कष्टकर बनेको छ ।

बिहीबार बिहानदेखि हिमपात भएको स्थानीयले बताएका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार हिमपातका कारण सरकारी कामकाज ठप्प भएका छन् । सेवाग्राही कार्यालयसम्म आउन सक्ने अवस्था छैन ।

टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, नारफू, ढिकुरपोखरी, चामे, दानक्यु र तिमाङ लगायतका ठाउँमा भारी मात्रामा हिमपात भएको छ ।


  •  
  •  
  •