सुदूरपश्चिममा भारी हिमपात

599
  •  
  •  
  •  

डडेल्धुरा । सुदूरपश्चिमका क्षेत्रहरुमा तेस्रोपटक भारी हिमपात भएको छ ।

हिमपातपछि यहाँको जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि परेको हिउँले अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो ।

हिमपातले चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने मजदूर वर्ग बढी प्रभावित भएका छन् ।
हिउँ जम्न थालेका कारण दैनिक जनजीवनसमेत कष्टकर बन्दै गएको छ ।

हिमपातले सुदूरपश्चिमका पहाडी सात जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङका सडक अवरुद्ध भएका छन् ।


  •  
  •  
  •